सन्राइज बैंकको बुटवल राममन्दिरमा नयाँ शाखा



काठमाडौं, (नेस)
सन्राइज बैंकले बुटवलस्थित राममन्दिर लाइनमा १०५औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रmपमा शाखाको उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजुलगायत बैंकका अन्य सदस्यको उपस्थिति रहेको थियो ।

उक्त शाखासमेत गरी बैंकको शाखा संख्या १०५ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहु“च पु¥याउने उद्देश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, १२० वटा एटीएममार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि थप शाखा सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्