एनआईसी एसिया बैंकको आँधीखोलामा कृषि शाखा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले स्याङजाको अँ“धीखोला गाउ“पालिकामा कृषि शाखा स्थापना गरेको छ ।
सो कृषि शाखाको अँ“धीखोला गाउ“पालिकाका प्रमुख सुधिरकुमार पौड्यालले उद्घाटन गर्नुभयो ।

बैंकको देशभर २८२ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवम् २५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै भएको छ । करिब १६ लाख ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चँ“डै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्