नेपालमा पहिलो पटक रोबोटले चलायो कार्यक्रम



ई्रश्वरराज ढकाल, काठमाडौं । सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र)रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई विज्ञान राष्ट्रिय विज्ञान संग्रहालय एवं विज्ञान त्रियामी थिएटरको उद्घाटन गर्न बोलाउदा मन्त्री पोखरेल मख्ख पर्दै मञ्च तर्फ लम्कनु भएको थियो ।

अंग्रेजीमा कार्यक्रम संचालन गरेको रोबोर्ट फुलमायाले अतिथिहरुलाई पालैपालो आशन ग्रहण गर्न बोलाउदा अतिथिहरु अचम्मित मात्र भएनन फुलमायाको शैली सुनेर मख्ख परेका थिए ।
वीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालयले त्रिभुवन बिश्वबिद्यालयसंग सम्झौता गरेको १२ वर्षपछि निर्माण गरेको विज्ञान संग्रहालय तथा त्रियामी (थ्रिडी) थिएटरको शनिबार उद्घाटन गर्न आजोजित कार्यक्रममा रोबोर्ट फुलमायाले औपचारिक कार्यक्रम संचालन गरेकी थिइन ।

पाइला टेक्नोलोजीले निर्माण गरेको नेवारी संस्कृति भल्कने रोबोर्टले संचालन गरेको कार्यक्रम पहिलो भएको समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले नेपालमा रोबोटले औपचारिक समारोह सञ्चालन गरेको पहिलो पटक भएको दावी गर्नुभयो ।

उहाले भन्नुभयो–नेपालमा रोबोर्ट निर्माण भएका होलान तर यसरी नै कार्यक्रम संचालन गर्ने पहिलो रोबोट यही नै हो । करिब एक वर्षको अथक प्रयास र समितिले दिएको थिमको आधारमा पाइला टेक्नोलोजीले रोबोट निर्माण गरेको थियो ।

समितिले अर्डर गरेको करिब २ महिना पछि पाइलाले रोबोर्ट तयार गरेको थियो । करिब १५ लाख रुपियामा तयार भएको रोबोर्टले शनिबारबाट खुला भएको विज्ञान संग्रहालयको गाइडको रुपमा समेत काम गर्ने भएको छ ।

तीन महिनामा नेपाली भाषाको प्रयोग गरिने

अनुसन्धानकर्ता र विद्यार्थीको लागि आज आइतबारबाट खुला रहने संग्रहालयमा फुलमायाले विज्ञान सम्बन्धी उपकरण तथा प्रविधिका बारेमा जानकारी गराउने छिन । डिभाइस मार्फत सबै विषयमा रेकर्ड राखेपछि सोही रेकर्डको आधारमा फुलमायाले संग्रहालयमा प्रर्दशनीमा राखिएको सामाग्रीको बारेमा जानकारी दिने भएकी छिन । पाइला टेक्नोलोजीका प्रमुख कार्यकारी निर्देशक विनय रावलले प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थीलाई प्रदर्शनी स्थल देखाउने, सामाग्रीको बारेमा जानकारी दिने र आवश्यकताको आधारमा नया विषयमा जानकारी दिन रोवोर्टको प्रयोग गरेको बताउनुभयो । फेस इन्ट्री गरेपछि सो व्यक्तीको विवरण अध्ययन गरी उसले सोधेको प्रश्नको उत्तर दिन सक्ने क्षमता रोबोर्टमा बिकास गरिएको छ ।

रोबोर्टले विज्ञान र देशको विषयमा र समान्य ज्ञानको उत्तर दिन सक्ने क्षमता बोकेको छ । टेक्नोलोजीका संचालक रविन गिरीले आफ्नो संस्थाले अहिले सम्म पाच वटा रोबोर्ट निर्माण गरिसकेको जानकारी दिनुभयो । ती मध्य दुई दरबारमार्ग स्थित नौलो रेष्टुरेन्ट, दुइवटा एसबिआइ बैक र एक वटा सरकारी निकाय समितिका लागि तयार गरेको बताउनुभयो ।
‘रोबोटको छातीमा रहेको ट्याब्लेटमा कुनै पनि व्यक्तिको तस्बिर र नाम समावेश गरेपछि हेलो फलानो भनेर रोबोटले चिन्ने छ” समितिका निमित्त कार्यकारी निर्देशक डा. शर्माले भन्नुभयो,–अहिले अङ्ग्रेजी मात्र बोल्ने फूलमायालाई तीन महिनापछि नेपालीमा बोल्न सक्ने बनाउँदैछौँ ।”

समितिले रोबोर्टका लागि भवन भित्र चार्जिङ स्टेशन निर्माण गरेको छ । करिब ८ घण्टा काम गरेपछि ब्याट्री कमहुँदै जाँदा फूलमाया आफै चार्ज स्टेसनमा पुग्छिन् र ब्याट्रीचार्ज गर्छिन् –कार्यकारी निर्देश शर्माले भन्न्नुभयो । करिब ४ घण्टा चार्ज गरेपछि सो रोबोर्टले आठ घण्टासम्म काम गर्ने उहाले दावी गर्नुभयो ।

संग्राहलयको उद्घाटन गर्दै मन्त्री पोखरेलले विज्ञान र प्रविधिमा नेपाललाई अघि बढाउने प्रीतबद्धता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–विज्ञान युगको थालनी गरिसकेका छौ, अब सबै विद्यार्थीलाई सो विषयमा जानकारी दिएर नेपाललाई विज्ञानको क्षेत्रमा अग्रस्थानमा ल्याउन पहल गर्नेछौ । उहाले शिक्षा नीति मन्त्रिपरिषदमा पेश गरिएको र अब छिट्टै विज्ञान तथा प्रविधि नीतिको मस्यौदा मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाउन लागिएको जानकारी दिनुभयो ।

शिक्षा सचिव खगराज बरालले विज्ञान अध्यापनगर्ने जनशक्ति नै नपाउने अवस्था सिर्जना हुन थालेको अवस्थामा अब नेपालमा नेशनल साइन्स एकेडेमी संचालना गर्नुपर्ने बताउनुभयो । उहाले सरकारले विज्ञान पढेका विद्यार्थीलाई टिकाइराख्न नसकेको कारण वैज्ञानिक पाउन कठिन भएको बताउनुभयो । सरकारले अवसर नदिएको कारण विज्ञान अध्ययन गरेका विद्यार्थी नेपाल बस्नै नचाहेको र भएका बिद्यार्थीलाई अवसर दिन नसकेको कारण समस्या बढेको बताउनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले संग्रहालय खुलेपछि कीर्तिपुरमा विज्ञान विषयका पर्यटक बढ्ने दावी गर्नुभयो । त्रिविका रजिष्ट्रार प्राध्यापक डिल्ली उप्रतीले सम्झौता भएको १२ वर्षपछि खुला भएको संग्रकालयमा थप समाग्री राखेर विस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाले त्रिविका विद्यार्थीलाई अनुसन्धान गर्न संग्रहालय मुख्य क्षेत्र रहने बताउनुभयो । संग्रहालयमा विज्ञान र प्रविधिसँग सम्बन्धित ४० उपकरण, एउटा अध्यारो कक्ष, जीव विज्ञान हल, भौतिक विज्ञान हल रहेका छन । करिब ७० करोड रुपिया लागतमा निर्माण भएको संग्रहालय भवनमा मन्त्रालयको सहयोगमा विज्ञान प्रदर्शनी राखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्