सिभिल बैंकको दुई वर्षको लाभांश पारित



नेपाल समाचारपत्र, काठमाडौं
सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३÷०७४ को मुनाफाबाट बैंकको चुक्ता पु“जीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार तीन सय १२ रुपिया“ आठ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र शून्य दशमलव ५४ प्रतिशतका दरले हुन आउने तीन करोड ९१ लाख ६२ हजार ६९ रुपिया“ (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५ प्रतिशत का दरले हुन आउने २९ करोड ४० लाख दुई हजार ६९ रुपिया“नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छा राज तामाङ, अम्बीर बोगटी, प्रताप जंग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादुर मल्ललाई सञ्चालक पदमा आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।
साथै सभाले आव २०७५÷०७६ को लेखापरीक्षण गर्नको लागि बिआरएस न्यौपाने एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्न÷हुन वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न÷गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दि“ंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखा रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्