सुभद्राको सम्मान वसुन्धरालाई



अभिनेतृ सुभद्रा अधिकारीको सुभद्रा अधिकारी प्रतिष्ठानले उनको पुत्र सुनील अधिकारीको अध्यक्षतामा आगामी जेठ ४ गते कला तथा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने भएको छ।

७ वर्ष अघिदेखि शुरूआत भएको यस सम्मान कार्यक्रम यस वर्ष भने ४ वर्षको अन्तरालमा हुन लागेको हो। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने सम्मान कार्यक्रममा अभिनयतर्फ वसुुन्धरा भुसाल, रंगमञ्च नृत्यतर्फ हनी श्रेष्ठ, समाज सेवातर्फ सीताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तथा साहित्यतर्फ सरस्वती श्रेष्ठलाई नगद र ताम्रपत्रसहित सम्मान गर्न लागिएको अभिनेतृ अधिकारीले बताइन्। ‘७ वर्ष अघिदेखि सम्मान कार्यक्रम शुरू भए पनि ४ वर्ष रोकिएकाले यस वर्ष कला साहित्यका विभिन्न ४ व्यक्तिलाई एकैपटक सम्मान गर्न लागिएको हो।’ –उनले भनिन्।

 

प्रतिक्रिया दिनुहोस्