दरगाहमा विस्फोट



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानकोे लाहौर स्थित सुफी दरगाह दाता दरबार बाहिर भएका आत्मघाती विस्फोटमा ८ जनाको मृत्यु भएको जनाइएको छ । मारिनेमा ५ जना प्रहरी परेको बताइएको छ । हमलामा कम्तिमा २५ जना घाइते भएको प्रहरीले जानकारी दिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मुस्लिमहरुको पवित्र महिना रमजानमा भएको उक्त विस्फोटको निन्दा गरेका छन् । आक्रमणकारीले प्रहरीको एक गाडीलाई निसाना बनाएको अधिकारीहरुले जानकारी दिए । अहिलेसम्म कुनै पनि समुले आक्रमणको जिम्मेवारी लिएको छैन । दाता दरवार दरगाह दक्षिण एसियाको सबैभन्दा पुराना दरगाह मध्यएको एक हो ।

प्रतिक्रिया दिनुहोस्