समृद्धि पहिल्याउन गाह्रो



‘मुलुकले वर्षौ पुरानो राजनीतिक संक्रमणबाट पार पाएको छ, देश अब समृद्धिको बाटोमा अघि बढ्या छ,’–सत्तारुढ दलका बरिष्ठदेखि भाषण गर्न सिक्दै गरेका कनिष्ठ नेता यस्तै यस्तै बताइरहन्छन् । नेकपाले सत्ता सम्हाल्ने निधो भएदेखि शुरु भएको आर्थिक छलाङको भाषण केन्द्रदेखि स्थानीय तहका नेताले राम्रैसँग घोके ।

पार्टीका कार्यकर्ता र शुभेच्छुकले पनि सो भाषणमा प्रयोग भएका शब्द र वाक्य टपक्कै टिप्नु स्वभाविक हो तर भाषणले व्यवहारमा छलाङ नमारेसी कार्यकर्ता राम्रैसँग कर्किन थाल्या धरहराले राम्रैसँग देख्न थाल्या छ । शुभेच्छुकको असन्तुष्टी पार्टी नेतृत्वले चाहिँ कति देख्दैछ कुन्नी ?

संसदमा चलिरहने पुरानै ढर्राको जुहारी, आरोप प्रत्यारोप, सत्ताको आडमा पार्टीका बरिष्ठदेखि कनिष्ठ नेताले जोड्या घडेरी, घर, अनि चिल्ला मोटरकारले समृद्धिलाई धमाधम स्वागत गर्न थाल्या पो छ कि ? धरहराले नबुझ्या हुन सक्छ समृद्धि अस्तीदेखि नै धमाधम भित्रिरहेको पो छ कि ? धरहराको दुरविन पुरानो भएर समृद्धिको रुप रङ ठम्याउन नसक्या हो कि, पाठकवृन्दहरले समृद्धि भित्रिएको देख्या भए खवर पाम ।

प्रतिक्रिया दिनुहोस्