शताब्दीका साक्षी सत्यमोहन, सोमबार सय वर्ष टेक्दै



सुनील महर्जन, ललितपुर ।
सत्यमोहन जोशी सय वर्षको उमेरमा टेक्नै लाग्दा पनि निकै सक्रिय जीवन बिताइरहनुभएको छ । लोक संस्कृतिको अध्ययन, विकासका साथै साहित्य लेखनमा जोशीले पुरै जिन्दगी बिताउनुभएको छ । आउ“सो सोमबार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश गर्नुहुने भएको छ । तिथि अनुसार यही बैशाख ३० गते उहा“को जन्मदिन शताब्दी ।

वि सं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहा“को जन्म भएको हो । तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्छ । जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।

विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभयो । जोशीले २०१६ सालमा पा“चौं शताब्दीदेखि बीसौं शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गर्नुभयो । भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । जोशीको नेपाल भाषामा पनि थुप्रै पुस्तक प्रकाशित भइसकेको छ ।

जोशीको सय वर्षको अवसरमा एक वर्षसम्म विविध कार्यक्रम गर्ने महानगरपालिकाले निर्णय गरेको थियो ।त्यसका लागि महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।मूल समितिको गत माघ १० गते बसेको बैठकले वडा– ३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा १५ सदस्यीय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी जन्म शताब्दी महोत्सव कार्यसम्पादन समिति गठन गरिएको थियो ।

‘सिंगो राष्ट्रले सम्मान गरिसकेका जोशीको सय वर्षको जन्मदिन ललितपुरवासीले झन् महत्वको दिन हो ।’ कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले भन्नुभयो ।

महानगरपालिकाले जोशीको अप्रकाशित कृति समेत प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्दै एक वर्षभित्र गर्ने कार्यक्रमको सूची सार्वजनिक गरेको छ । कार्यक्रममा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिष्ठान एवं केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ ।

कार्यक्रमको खाका
वडाअध्यक्ष एवं कार्यसम्पादन समितिका संयोजक महर्जनका अनुसार ‘ वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी’ भाषा र तस्वीर अंकित हुलाक टिकट र स्वर्ण मुद्रा निस्काशन गर्ने छ । रु. २५०० को १ हजार थान, रु. १,०००÷– को २ हजार थान, रु. १००÷– को ५ हजार थान सिक्का निष्काशनको प्रक्रियामा रहेको महानगरपालिकाले जनाएको छ ।

त्यसैगरी जोशीको अप्रकाशित कृति प्रकाशित गर्ने, जोशाले लेख्नुभएको चारुमती ब्याले प्रदर्शन गर्ने, जोशीको प्रतिमा राख्ने, महानगरपालिकाको कुनै मार्गलाई जोशीको नाउ“मा नामाकरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी स्मारिका प्रदर्शन गर्ने, वाङमय क्षेत्रमा योगदान पु¥याउनेलाई सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने, जोशीको दिनचर्या समेटिएर अडियो, भिडियो प्रकाशन गर्ने, विभिन्न संस्कृति, चाडपर्व बारे केन्द्रीत जोशीको प्रवचन रेकर्ड गराउने, लेख रचना लेखाउन प्रस्ताव गर्ने पनि तय गरिएको छ । त्यसैगरी जोशीबाट पाटन संग्रहालयभित्रको भण्डारखाल बगै“चाको शिलान्यास गराउने कार्यक्रम पनि तय गरिएको छ ।

पत्रकार कल्पना महर्जन मार्फत जोशीको तस्वीर र महानगरपालिकाको लोगो सगरमाथाको चुचुरोमा पु¥याईने छ उत्तरी मोहदा (तिब्बत) बाट पत्रकार महर्जनले सगरमाथा आरोहण शुरु गरिरहनुभएको छ।पछिल्लो जानकारी अनुसार पत्रकार महर्जन आधार शिविर ६ हजार ८ सय मिटर उचाई पार गरिसक्नुभएको छ । महानगरपालिकाले सगरमाथा आरोहण गर्न पत्रकार महर्जनलाई ३० लाख रुपैया“ आर्थिक सहयोग गरेको थियो ।महर्जनले यस अघि नेपालबाट सगरमाथा आरोहण गर्नुभएको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जोशीको नगरपरिक्रममा गरी कार्यक्रमको शुभारम्भ गर्ने पनि महानगरपालिकाले जनाएको छ ।जोशीको शताब्दी महोत्सवको पहिलो दिन (जन्मदिन) मा उहा“लाई परम्परागत बाजागाजाका साथ मंगलबजारबाट लगनखेल, जावलाखेल हु“दै सांस्कृतिक जन्मोत्सव ¥याली गरिने छ ।सोही दिन महानगरपालिका भित्र स्थायी बसोवास गर्ने १ सय वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिने छ।

‘जिवित छ“दा नै सम्मान गर्ने परम्पराको शुरुवात गर्न महानगरपालिकाले यो जन्म शताब्दी महोत्सव मनाउने योजनाबनाएको हो । त्याग, तपस्या, योगदानलाई मृत्युपछि मात्रै सम्मान गर्ने परम्परा छ, जुन नेपालमा छ, त्यसलाई तोड्नुपर्छ भन्ने मान्यता महानगरपालिकाको छ । ’ महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो ।

त्यसैगरी स्थानीय पाठ्यक्रममा सत्यमोहन जोशीको जीवनी समावेश गरिने भएको छ ।भावि पुस्ताले सत्यमोहन जोशीलाई चिन्नु र बुझ्नु जरुरी रहेकोले स्थानीय पाठ्यक्रममा जोशीको जीवनी समावेश गर्न लागिएको हो ।

उहा“को जन्म शताब्दीलाई महोत्सवको रुपमा मनाउन महानगरपालिकाले वर्षभरि विविध कार्यक्रम तय गरिएको छ । यसै कार्यक्रम अन्तर्गत जोशीको जीवनी स्थानीय पाठय्क्रममा समावेश गरिने महानगरपालिकाले जनाएको छ । उहा“को योगदान आधुनिक पुस्ताले बुझ्ने र सोचको कार्यान्वयन नै उहा“प्रतिको सच्चा सम्मान हुने भन्दै जोशीको जीवनी स्थानीय पाठ्यक्रममा राख्न स्थानीय नागरिक समाज, बुद्धिजीवीहरुले माग गरेका थिए ।सोही मागलाई सम्बोधन गर्दै महानगरपालिकाले स्थानीय पाठ्यक्रममा जोशीको जीवनी राख्ने निर्णय गरेको हो।

नेपालको संविधानले स्थानीय तहलाई माध्यमिक शिक्षा सम्मको व्यवस्थापनको अधिकार दिएको छ । स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम बनाउने अधिकार रहेको छ । सोही अनुरुप एक सय पूर्णाकंको पाठ्यपुस्तक निर्माण गरी आफ्नो क्षेत्रभित्रका विद्यालयमा पठनपाठन गराउन सक्ने छ ।

स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटेर तयार पारिने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । केन्द्रबाट निर्माण भएका पाठ्यक्रमले स्थानीय संस्कृति, भाषा, चाडपर्व, मौलिक जनजीवन, प्रथा जनित कानून, संस्कार, भूगोल लगायतका पक्षलाई समेट्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रमको आवश्यकता पर्छ ।

आफ्नो परिवेशको भौगोलिक, सांस्कृतिक, भाषिक विविधताको ज्ञान तथा मूल्य मान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्न स्थानीय पाठ्यक्रम उपयोगी हुन्छ । यसले स्थानीय ज्ञान, सीप र प्रविधिलाई संरक्षण गर्नुका साथै यी ज्ञानको पुस्तान्तरणमा सहयोग गर्छ ।

सांस्कृतिक नगरी बनाउन माग
यसअघि जोशीको सपना अनुसार ललितपुरलाई सांस्कृतिक नगरी बनाउनुुपर्ने सहभागीहरुले जोड दिएका थिए । २०६९ सालमा भएको १८ औं नगरपरिष्दमा प्रमुख अतिथिको रुपमा बोलाइएका जोशीले ललितपुरलाई सांस्कृतिक नगरी बनाउनुपर्ने धारणा राख्नुभएको थियो । सांस्कृतिक नगरी वा ‘हेरिटेज शहर’ स्मार्ट शहर रहेको सुझाव दि“दै सहभागीहरुले त्यसका लागि उचित पूर्वाधार बनाउ“दै जानुपर्नेमा जोड दिएका थिए ।

यस अघि महानगरपालिकाले जोशीलाई यताउति जान सजिलो होस् सुरक्षा गार्ड र गाडीको सुविधा दिएको थियो । भने जोशीको इच्छा अनुसार महानगरपालिका परिसरमा पुल्चोकमा १२ औं शताब्दीका महानकलाकार अरनिकोको सालिक राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्