नापतौल कार्यालयमा ६५ लाख राजश्व  सङ्कलन   



विराटनगर, यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र, नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना र अन्य प्रशासनिक सेवा शुल्कबाट सङ्कलन गरेको कार्यालयका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ८७ लाख ६६ हजार २४८ राजश्व सङ्कलन गरेको थियो ।

उक्त कार्यालयले प्रदेश नं १ अन्तर्गत मोरङ सुनसरी, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, सङखुवासभा, भोजपुर ओखलढुङ्गा खोटाङ र उदयपुर तथा प्रदेश नं २ का सिरहा र सप्तरीको अनगुमन तथा जाँचपास गर्ने कार्य गर्दै आइरहेको छ । कार्यालयले चालू आवको चैत मसान्तसम्ममा २५५ व्यापारीलाई अनमुति पत्र प्रदान गरेको छ भने ५७८ लाई नियमित जाँचपास गर्नुका साथै नवीकरण गराएको छ ।

यसैगरी सोही अवधिमा अनियमित नापतौल तथा म्याद नाघेर नवीकरण गराई जरिवाना हुने व्यापारीका सङ्ख्या ८०८ रहेको कार्यालयले जनाएको छ । कार्यालयले प्रदेश नं १ र २ का विभिन्न पेट्रोलपम्पको ९७ को नोजल जाँच गरेको छ । एकल तथा संयुक्तरुपमा कार्यालयले विगत नौ महीनाको अवधिमा १०० पटक विभिन्न जिल्लामा स्थलगत रुपमा नापतौल ढकलगायत पम्पको अनुगमन गरेको छ ।

कार्यालयले प्रदेश नं १ अन्तर्गतको पहाडी जिल्ला ओखलढुङ्गामा रहेको खुश्बु पेट्रोलपम्ममा प्रविधि जडान गरी घटी पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको फेला पारी अदालतमा मुद्दा दायर गरी गत मङ्सिर महीनादेखि कारोवार रोक्का गराएको छ । जिल्ला अदालत ओखलढुङ्गामा स्ट्याण्र्ड नापतौल ऐन २०२५ को दफा ३०(३) अनुसार तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने उक्त पेट्रोलपम्पविरुद्ध ठगी गरेकाले मुद्दा दायर गरेको प्रमुख झाले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्