संसद् हो कि टोलको झगडा



सभामुखको मुख, अर्थात् महराको मुख निकै आत्तिने भन्या। उनी महरा हुन् कि उनी विचरा हुन् बुझ्न गाह्रो छ। जब–जब संसद्मा महŒवपूर्ण सेसन चल्छ, ठूलो जमघट हुन्छ र प्रतिपक्षी सांसदलाई सम्हाल्नुपर्ने अवस्था आउन थाल्छ, उनी आत्तिने मात्रै होइन, निकै बतासिन्छन् भन्या।

मंगलबारको संसद्मा त्यस्तै देखियो। साल, संवत्, शब्द बेलामौकामा शब्द चिप्लाइहाल्ने भन्या। होहल्लाका बीचमा सरकारको नीति तथा कार्यक्रम पारित भएको छ, आफू चिप्लिए पनि सरकार चिप्लिएन भनेर उनले चित्त बुझाएको प्रष्टै देखिन्थो।

मंगलबारको संसद्मा दुर्लभ दृश्य देखियो। पीएम ओली र देउवाको आमनेसामने जम्काभेट गोरु जुधाइझैं देखियो। ‘हेर ओली तिमी धेर गर्दै छौ, धेरै उम्लिसक्यौ, अब पोखिन मात्रै बाँकी छ’ –देउवाका आँखा र आँखीभौंले यस्तै भन्या चर्चा शहर बजारमा फैलिएको छ।

‘देख्यौ देउवा, हेर्दै जाउ अरू के–के देख्छौ, टे«लर बल्ल शुरू भाछ खास फिलिम त बाँकी नै छ’– देउवाको आक्रोशमा ओलीको बडी ल्याङ्ग्वेजले यस्तै यस्तै जवाफ फर्कायो। संसद् परिपक्व नेताहरू जमघट हुने थलो भनिए पनि संसद्भित्रका गतिविधि नियाल्दा टोल र छिमेकमा देखिने केटाकेटीको टोले झगडा र ग्याङ फाइटजस्तो देखिन्छ भन्या।

प्रतिक्रिया दिनुहोस्