उपभोक्ता अधिकार खोई ?



उपभोक्ता अधिकारका अन्तरनिर्हित आधारभूत चार सिद्धान्तमा उपभोक्ता आफैँ सचेत हुनुपर्दछ। सचेत उपभोक्ताले मात्र आफ्नो अधिकारको विषयमा कुरा गर्न सक्छन्। उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार र वस्तु वा सेवा उत्पादन, आयात वा बिक्री वितरण गर्नेहरूको हो। वस्तु वा सेवाका उत्पादक वा विक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनु अति नै आवश्यक हुन्छ। वस्तु तथा सेवाको विस्तार उपभोक्ताविना असम्भव छ। त्यसैले पनि उपभोक्ताहरू बजारका सार्वभौम हुन्।

तर, नेपालको संविधान २०७२ ले मौलिक हकका रूपमा स्थापित गरी यसको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था गरे पनि उपभोक्ताले आफ्ना हक–अधिकार उपभोग गर्न पाएका छैनन्। संविधान, उपभोक्ता संरक्षण ऐनलगायत उपभोक्ता अधिकारका लागि विद्यमान नेपाल कानुन र उपभोक्ता अधिकारको संरक्षणसम्बन्धी संयुक्त राष्ट्र संघीय मार्ग निर्देशिकासमेतको प्रभावकारी कार्यान्वयन गरी उपभोक्ताको मानवअधिकारका संरक्षण र संवद्र्धन गर्न सरकार, व्यावसायिक क्षेत्र र सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुनुपर्छ। त्यसै गरी उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्न आवश्यक छ। अतः यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्यक्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो छ।
– मनोज श्रेष्ठ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्