अज्ञात रोगको पहिचान गर



जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७, सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन्। पहिचान नभएको रोगबाट सिंगो गाउँ नै प्रभावित भएको छ। प्रत्येक घरमा बिरामी खालि नभएको अवस्था छ। रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरूमा ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ।

विद्यार्थी–शिक्षकसमेत बिरामी परेपछि पठनपाठन प्रभावित भएको छ। सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको छ। स्वास्थ्य संस्था भने बेखबर छ। रोगले बिस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको छ। अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाउन जरुरी छ।
– मनोज कार्की हाल काठमाडौं।

प्रतिक्रिया दिनुहोस्