जंगलको चुरो कुरो



‘फेरी एकपटक जंगल पस्छु, फेरी जंगल जानुपरे सम्पूर्ण चिज त्याग्न सक्छु’–नेकपा अध्यक्ष प्रचण्ड आइतवार एक सार्वजनिक कार्यक्रममा यस्तो भन्दैथिए । फेरी आफूलाई जंगल जान समस्या नहुने बताएका उनले लगत्तै भने–‘यसका लागि ‘साथी’हरुका साथ भने चाहिन्छ ।’

अचम्म छ भन्या, जंगल जान समस्या नहुनेले किन अरुको साथ माग्नु ? कम्रेडको यस्तो तर्क नौलो भने होइन । ऊ बेला जंगलमा धेरै समय विताएर हो क्यार उनलाई जंगलको न्यास्रो लागिरने रै’छ । त्यसैले जंगलबारे मौका मिलाएर चौका मात्रै होइन छक्का पनि हान्न पछि पर्दैनन् ।

प्रचण्डले पटक–पटक यस्तै तर्क दिन थालेसी ‘जंगल’ केलाई भन्ने, कस्तो भूगोल वा ठाउँलाई भन्ने गहन सोचमा धरहरा लागिप¥या छ । जंगलको अर्थ शब्दकोषमा खोजियो वन, अरण्य, रुख बुट्यानले ढाकेको ठाउँ र भेगलाई बुझिन्छ । यी कम्रेड सत्ता र शक्तिमा उक्लिनु भन्दा बर्षौअघि देखि राजा महाराजाहरु शिकार खेल्न जंगल पस्ने गर्थे भन्ने कुरो अझै पनि बाक्लै सुनिन्छ ।

कम्रेडले ग¥या रहर पनि त्यस्तै पो हो कि ? तर कम्रेडले भन्ने ग¥या जंगल अर्कैै प्रकृतिको हो भन्ने धरहराको ठहर छ । शितलनिवास, बालुवाटार, सिंहदरवार जस्ता ठामका जंगलमा एकपटक जान उनलाई बडो ठूलो रहर छ । यसैका लागि त उनले सबै कुरो त्याग्ने कुरा ग¥या छन्, साथीहरुको साथ खोज्या छन् ।

प्रतिक्रिया दिनुहोस्