प्रभु बैंकको हसनपुरमा एक्स्टेन्सन काउन्टर सञ्चालन



काठमाडौं, (नेस)
प्रभु बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित गोवर ग्यास चोकमा एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले सो एक्स्टेन्सन काउन्टरको उद्घाटन गर्नुभएको हो ।

त्यसक्रममा कृष्णनन्द जोशीले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी गराउनुहु“दै कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झन्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकस“ग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्