पर्यटन बिकासमा सहकार्य



सलिम अन्सारी,प्युठान ।

प्युठान र बागलुङ जिल्लाका दुइ सिमावर्ती गाउँपालिका मिलेर पर्यटन प्रबर्धनको क्षेत्रमा काम गर्ने भएका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी र निशीखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेलले जैविक बिबिधताले भरिएको नांगी क्षेत्रको एकिकृत बिकासमा संगसंगै मिलेर जाने सहमती गरेका हुन।

’नांगी क्षेत्रको मिलेर बिकास गर्ने सहमती भएको छ।’ गौमुखी अध्यक्ष गिरीले भन्नुभयो,’ पर्यटकिय पुर्वाधार निर्माण गर्ने योजनामा छौं’ अर्खाको नांगीमा भएको संयुक्त भेलाले यसक्षेत्रको पर्यटन गतिबिधीलाई अघि बढाउन दुईटै गाउँपालिकाका अध्यक्ष संरक्षक रहने गरी सात सदसिय नांगी क्षेत्र पर्यटन बिकास समन्वय समिति गठन गरेको छ ।

त्यस क्षेत्रमा पर्यटक भित्राउने गरि आवस्यकीय पुर्वाधारको निर्माणमा काम गर्ने सहमती भएको हो । त्यस्का लागि आगामी आर्थिक बर्षबाट दुवै गाउपालिकाले नियमित रुपमा बजेट बिनियोजन समेत गर्ने भएका छन।

बाग्लुङको निशिखोला गाउँपालिका अध्यक्ष पौडेलले नांगीको बिकासका लागि दुवै तर्फबाट भएको यो प्रयासलाई सार्थकता दिने बताउनुभयो ।

’हामी पहिलो पटक यसरी एक ठाउँमा आएका छौ।’ उहाले भन्नुभयो,’ हाम्रो सहकार्य सुरु भयो’ पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र बजारिकरणसंगै नागरिकको जीवनस्तर फेर्न यो सहमती कोसेढुगा सावित हुने नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाबिर रानाले बताउनुभयो। यो समयमा ७ थरीका गुरास फुलेर नांगी राताम्ये हुने गरेको छ ।

बागलुङको ढोरपाटन सिकार आरक्षसंग जोडिएको यो क्षेत्र समुन्द्री सतह देखि ३ हजार ६५२ मिटरको उचाईमा छ। प्युठान जिल्ला सदरमुकामवाट ४० किमी टाढाको अर्खा, रजवारा हुँदै ६ घण्टा पैदल हिडेर नांगीलेक पुग्न सकिन्छ । बागलुङको बोहोरागाउवाट ३ घण्टा उकालो हिडेर छापखानी हुँदै पनि नांगी पुग्न सकिन्छ ।

रजबाराको रानीताल–झाक्रीढुंगा हुँदै स्याउँलीबाङ पुग्ने सडकलाई तिखाचुली हँुदै गोयल्छेडीसम्म र बाग्लुङतर्फबाट यांगविङ हुँदै गोयल्छेडीसम्म मोटर बाटो निर्माण गरी त्यहाँबाट व्यवस्थित पदमार्ग निर्माण भए नांगी क्षेत्रमा पर्यटक बढ्नेमा स्थानीय आशावादी छन्।

नांगी क्षेत्रको पर्यटकीय र जैविक महत्वबोकेका स्थान र सम्पदाको प्रवर्द्धनमा ढिला गर्न नहुने अर्खाका प्रदिप तामाङले बताउनुभयो । गौमुखी संरक्षित बन क्षेत्र अन्तरगत पर्ने नाँगी लेक हिमशृङखला, पहाडी भुगोल, गुराँसको जङ्गल, भेडागोठ, झरना, बनस्पती, दुर्लभ वन्यजन्तु पशुपन्छी लगायतको अवलोकनका लागि आकर्षक स्थल हो ।

प्रतिक्रिया दिनुहोस्