वाद परिमार्जनको खाँचो



बालुवाटार खुसुक्कै विक्ने, टुडिखेल किनबेचमा पनि ठूलै चलखेल हुने अन्यत्रका सार्वजनिक जग्गामा पनि छेलोखेलो जालझेल भएका खवरबाट राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राम्रै प्रभावित भएछन् । अध्यक्ष भन्या उनी त निकै दक्ष पो रै’छन् । चार स्वकीय सचिवको तलब आफै झ्वाम पारेसी उनी चाने चुने हुन र भन्या ?

तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको नाम ठेगानामा आफ्नै नाम उल्लेख गरेसी धमाधम तलब बुझ्या बुझ्यै छन् । प्रतिचालक १८ हजार ३ सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार २ सय ३० रुपियाँ खनखनी बुझ्या बुझ्यै गरेको खुलासा भएको छ । जबकी उनलाई राज्यले तलब, सवारी, आवास, चालक र अन्य सुविधा छेलोखेला उपलब्ध गराएकै छ ।

मुलुकले आर्थिक छलाङ मार्ने कुरो त्यस्तै हो, नेकपाका कम्रेडहरले ५ वर्षभित्रमा अनेक कीर्तिमान रच्ने भए यो कुरामा ढुक्क भए हुन्छ । सत्तारुढ दलका जल्दाबल्दा कम्रेडहरु धमाधम यस्तो र अनेक मामलामा जोडिन मरिहत्ते गरेसी माक्सवाद्, लेलिनवाद् परिमार्जन गर्न ढिलो भइसक्या देखियो । बादलाई बाईबाई ग¥यो भने कम्युनिष्टको अस्तित्व नै मेटिन्छ होला ।

त्यसैले कि माक्र्सवाद, लेनिनवादलाई नेपाली हावापानी सुहाउँदो बनाउनुप¥यो, कि त परिमार्जनका लागि अन्तर्राष्ट्रिय लविङमा जुट्नुप¥यो । यसबारेमा राष्ट्रपतिको सरकारको नीति तथा कार्यक्रममा केही समेट्या छ की ?

प्रतिक्रिया दिनुहोस्