सपनाले हावा खाएपछि



नन्दी, भृंगी, ६४ योगिनी भगवान् शिवका सेवक हुन्। भगवान् शिवलाई यिनीहरूले कहिले सत्य सल्लाह दिन्थे, कहिले आफ्नो स्वार्थ पूरा गर्न गलत सल्लाह दिन्थे।

देवताको पनि देवता भगवान् शिव कहिलेकाहीं गलत सल्लाहको शिकार भएका कथा धार्मिक ग्रन्थमा पढ्न पाइन्छ। यो कथा अहिले पनि नेपाली समाजमा उत्तिकै सान्र्दभिक देखिन्छ। नेपाली समाजमा अहिले केही पात्र आफूलाई अब्बल सावित गराउन विभिन्न कोणबाट विभिन्न समूहलाई परिचालित गराएको पाइन्छ।

नेपाल प्रहरीका एक जना डीएसपी साप आफूलाई निकै शक्तिशाली र इन्काउन्टर स्पेसलिस्ट भएको भन्दै दोबाटोमा बसेर फुर्ति लगाउँदै गरेको दृष्यले धरहराको मनमा चिसो पसेको थियो।
तीनै साप अहिले अपराधीसँग मिलेमतो गरी लेनदेनमा सामेल भएको खबर सार्वजनिक भएसँगै तालुकवाला अड्डाले निलम्बन गरेपछि उनको फुर्ति निदाउने झारजस्तो भएको देखेर धरहराले सोच्यो, बाँच्नुपर्छ के–के देख्न पाइन्छ।

उनले आफूलाई भविष्यको आईजीपी हुने सपना देख्दै ठाउँ कुठाउँ खोक्दै हिँडेको दृष्यले धरहरालाई पनि कता कता काउकुती लागेको थियो। अपराधीसँगको साँठगाँठ पर्दाफाससँगै उनको सपनाले हावा खाएको देखेपछि धरहरा खै के, खै के भन्ने अवस्थामा पुगेको छ है पाठक वृन्द।

प्रतिक्रिया दिनुहोस्