कोरियोग्राफीमा स्कोप छ ः अश्विनी झा



डेढ दशर्कदेखि विभिन्न वर्ग र उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोका लागि कोरियोग्राफी एवं कार्यक्रम सञ्चालन गर्दै आएका आश्विनीकान्त झा आफूलाई ब्युटी पेजेन्ट कोचका रूपमा चिनाउन चाहन्छन्।

२ सयभन्दा बढी ब्युटी पेजन्टका लागि कोरियोग्राफी गरिसकेका सर्लाहीका अश्विनी सन् २००३ मा वर्कशपमार्फत यो क्षेत्रमा सक्रिए भएका थिए भने भारतीय कोरियोग्राफर कौशिक घोषबाट व्यावसायिक मोडलिङ र कोरियोग्राफीको तालिम लिएका थिए। यस क्षेत्रमा उनले धेरै सफल, सबल र आत्मविश्वासी मोडलहरू उत्पादन गरेका छन्। उनै कोरियोग्राफरसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छ ः

नेपालमा कोरियोग्राफीको स्कोप के छ?

पक्कै पनि यो क्षेत्रमा अहिले हामी व्यावसायिकता देख्दै छौं। सिर्जना सिंह योञ्जन, प्रशान्त ताम्राकार, रचना सिंह गुरुङ, जयन सुब्बा मानन्धर, रोजिन शाक्यजस्ता अग्रज पुस्ताले देखाएको बाटो पछ्याउँदै जाँदा अहिले यो क्षेत्र धेरै अगाडि बढेको छ। वर्षमा सीमित संख्यामा हुने कार्यक्रम अहिले झण्डै ५ सयभन्दा बढी ब्युटी कन्टेस्ट भइरहेका छन्। सिर्जनशील युवाहरू सिक्दै यसमा आउन चाहन्छन् र पुरानाहरूलाई पनि राम्रँे भइरहेकाले यसमा स्कोप देखिन्छ। मैले धेरै प्रतियोगी त्यस्तो देखेको छु जो आफ्नो पर्सनालिटी डेभलपमेन्टका लागि यस्ता पेजेन्टहरूमा भाग लिनुहुन्छ। यस्ता पेजेन्टमा भाग लिने सबैजना मोडल नै बन्छु भनेर आउनेभन्दा आफूलाई ग्रुम गर्ने र केही चाहिँ सेलिबे्रटी बन्ने उद्देश्ले आउनुहुन्छ। यस्ता धेरै व्यक्ति छन्, जसले कोरियोग्राफीमार्फत राम्रँे नाम र दाम कमाइराख्नुभएको छ। म पनि त्यही रेसमा छु। मैले पनि यसबाट नाम र केही हदसम्म दाम कमाएको छु।

फेसन कोरियोग्राफी र ब्युटी पेजेन्ट कोरियोग्राफी एउटै हो?

होइन, फेसन कोरियोग्राफीमा एकदमै धेरै फरक पाउनुहुन्छ। फेसन कोरियोग्राफीमा एउटा डिजाइनरले सिर्जनशीलताको माध्यमबाट आफ्नो डिजाइन बनाएको हुन्छ। कोरियोग्राफरले भने त्यो डिजाइनलाई राम्रोसँग आफ्नो कलामार्फत प्रस्तुत गर्नुपर्ने हुन्छ। यसमा मोडल कम र प्रोडक्ट बढी हाइलाइटेड हुन्छ। यदि सेलिब्रेटीले उक्त डिजाइन लगाएको छ र उनीहरूमा त्यो डिजाइन राम्रो देखिन्छ भने त्यो डिजाइन सेल हुन सक्छ। फेसन कोरियोग्राफीमा हामी मोडललाई डमीको रूपमा मात्र प्रस्तुत गर्छौं जसले ड्रेसलाई क्यारी गरेर दर्शकमाझ प्रस्तुत गर्छन्। ब्युटी पेजेन्ट व्यक्तिका लागि हो। हाम्रो लागि त्यो बेलाचाहिँ प्रोडक्ट व्यक्ति हुन्छ। हामी व्यक्तिलाई सेल गराउन चाहन्छौं। व्यक्ति राम्रो हुनुपर्छ र उसमा भएको प्रतिभा, बौद्धिकता र आत्मविश्वासलाई मापन गरिन्छ। त्यहीअनुसार मोडलहरूलाई ट्रेनिङ दिइन्छ र विजेता छानिन्छ।

आश्विनी झा फेसन कोरियोग्राफर कि ब्युटी पेजेन्ट कोरियोग्राफर?

मैले शुरुआत फेसन कोरियोग्रँफरका रूपमा गरेको हुँ। कामको हिसाबले मलाई यो सजिलो लाग्छ। तर अहिलेसम्मका २ सयभन्दा बढी पेजेन्टसको अनुभवमा चाहिँ मैले आफूलाई इजिली यस्ता पेजेन्टमा भाग लिने ग्रतियोगीलाई ग्रुमिङ वा ट्रेनिङमा आफूलाई पोख्त पाएको छु। अहिले फेसन शोहरूको संख्या घट्दै र ब्युटी पेजेन्टहरूको संख्या बढ्दै गइरहेको छ। त्यसैले अहिले आफूलाई ब्युटी पेजेन्ट कोच भन्न रुचाउँछु। शुरुआतमा फेसन कारियोग्राफरका रूपमा भएको हुँदा त्यो पार्ट छोड्न सकेको छैन।

नेपालमा फेसन शो किन घट्दै गइरहेको छ?

नेपालमा मोडलिङलाई अहिले पनि व्यावसायिक पेसा मान्न सकिएको छैन। त्यसमाथि हाम्रो आफ्नै प्रोडक्ट पनि कम छ। पहिले हामीसँग केही टेक्सटाइल उद्योग पनि थियो। द्वन्द्वकालको बेला शान्ति सुरक्षामा समस्या आयो र गार्मेन्ट उद्योग सुुस्ताएर गयो। त्यसैले फेसन सो पनि सुस्तायो।

अहिले ब्युटी कन्टेस्ट किन यति धेरै वृद्वि भइरहेको छ?

नेपालमा ब्युटी कन्टेस्टको इतिहास हेर्ने हो भने यस्ता कन्टेस्ट बढ्नु भनेको धेरै राम्रो कुरा हो। यसलाई व्यक्तिमा अन्तर्निहित प्रतिभा देखाउने प्लेटफर्म भन्ने गर्छौं। अहिले ब्युटी पेजेन्ट राष्ट्र चिनाउने माध्यम बनेको छ। मिस वल्र्डमा सयौं देशका सहभागी हुन्छन् र कुनै एक देशले त्यो प्रतियोगतिा जित्छ। ऊसँगै उसको देश पनि जोडिएको हुन्छ। हामी गत वर्षको मिस नेपाल श्रृंखला खतिवडालाई लिन सक्छौं। जसले नेपाल चिनाउन सफल हुनुभयो। मान्छे ग्रुम भएर ठूल्ठूला प्ल्याटफर्ममा गई राष्ट्रको शिर उँचो पार्नु र अन्तर्राष्ट्रिय जगत्मा आफूलाई चिनाउनु राम्रो हो। यसका लागि यही साना–साना पेजेन्टहरूले उहाँहरूलाई एक्सपिरिएन्स दिन्छ।

अहिले ब्युटी कन्टेस्टमा विकृति बढिरहेको छ। यसलाई हटाउन के गर्नुपर्छ?

कुनै पनि कुरा उत्कर्षमा पुग्यो भने यसले आफूसँग फाइदा र बेफाइदा दुवै लिएर आएको हुन्छ। अहिले संख्यात्मकरूपमा ब्युटी कन्टेस्ट बढे पनि गुणस्तर भने एकदमै घटेको पाउँछु। यसको मुख्य कारण यो हो कि कतिपय अर्गनँइजरलाई यो लागेको हुन सक्छ कि यो पैसा कमाउने माध्यम हो। कतिपयलाई यो लागेको हुन सक्छ कि म ब्युटी पेजेन्टको अर्गनाइजर बने भने पपुलर हुन्छु। पहिला पहिला विभिन्न व्यापारी कम्पनीले ब्युटी पेजेन्टको अनाउन्स हुनासाथ हामीलाई पनि सँगै लिएर हिँड्नुस् भनेर इन्ट्रेस्ट देखाउनुहुन्थ्यो। तर आजको दिनमा यति धेरै पेजेन्ट भइसकेका छन् कि अब कुनै पनि विज्ञापनदाता ब्युटी पेजेन्टको नाम सुन्नासाथ टाढिनुहुन्छ। यसको मतलब क्वालिटी घटेको छ र जनमानसमा यसको नेगेटिभ इम्प्याक्ट परेको छ। कतिपय अर्गनाइजरले पैसा खँएर यो क्षेत्रलाई बदनाम गरेको बेलाबेला सुन्छौं। कति जनाको यो ठग्ने माध्यम पनि बनेको छ। अनावश्यक प्रलोभन पनि कतिपय ब्युटी पेजेन्टको याडमा देख्छौं। कतिपयमा भने बाइक उपहार भएको देखाइन्छ। राम्रँे स्पोन्सर नभइकन यस्तो गिफ्ट दिन सक्दैनन् र दिए भने पनि कन्टेस्टेन्टकै पैसा उठाएर दिने हो। हामीले एकजुट भएर ब्युटी पेजेन्टलाई संस्थागतरूपमा अगाडि लैजाने हो भने यस्ता विकृति हट्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्