किसानलाई निशुल्क बोयर बोका



धनवीर दाहाल,रुकुम ।
बाख्रापालन व्यबसायमा रहेका किसानहरुका बाख्रा उत्पादनमा बृद्धि गरी व्यबसायी करणग र्ने उद्धेश्यका साथ जिल्लाका बाख्रा पालक किसानहरुलाई निशुल्कबोयर क्रस बोका बितरणगरिएको छ ।

किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके)द्धारा बाख्रा पालक किसानहरुलाई २५ ओटा बोयर जातका बोका वितरणगरिएको हो ।

त्रिवेणी गाउँपालिका वडा नं. ३ र ६ मा रहेको देउतीबज्यै बोयर मल्टिप्लायर हर्डमा १२ ओटा र शिव गुफा बोयर मल्टि प्लायर हर्ड नुवाकोटमा १३ ओटाबोयर जातका बोका बितरण गरिएको केयुबिकेले जनाएको छ ।

बोयर क्रस बोका वितरण कार्यक्रममा केयुबिकेका साना पशुपालक व्यबसायीकरण सम्भागका संयोजक डा.केशव प्रसाद प्रेमीले किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिनलाई बोयर जातको बोका वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार, रुकुममा ५० प्रतिशतबोयर क्रस बोका वितरण गरिएको हो ।

वितरण गरिएका बोकाबाट उत्पादन भएका पाठापाठीको औषत तौल दैनिक १ सय ७० ग्राम बृद्धि हुने र ४– ५ महिनामै बिक्रि योग्य हुने भएकोले बाख्रा पालक किसानले छिटो आर्थिक लाभ लिन सकिने संयोजक प्रेमीले जनाउनुभयो ।

बोयर बोका र लोकल बाख्राबाट क्रस भएर उत्पादन भएका खसि बोका स्थानीय जातको भन्दा महंगो, पालन गर्न सजिलो र चाँडै बढी तौलका हुने भएकोले बोयर बोकाको माग बढिरहेको छ ।

बोयर बोका वितरण कार्यक्रममा देउतीबज्यै बोयर मल्टि प्लायर हर्ड संचालक समितिका उपाध्यक्ष टीका ओलीले केयुबिकेले दिएका बोकाबाट समुहमा बाख्राको उत्पादन बढेपछि बोयर बोका प्रति किसानको आकर्षण बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै शिव गुफा बोयर मल्टि प्लायर हर्ड संचालक समितिका अध्यक्ष प्रेम कुमारी चन्द खड्काले बोयर क्रस बोकाबाट उत्पादन भएका खसि बोकाको तौल बढि हुने भएकोले छिटै बेचेर फाईदा लिन सजिलो भएको जनाउनुभयो ।

प्रजनन् योग्य माउ बाख्राको संख्याको आधारमा केयुबिकेद्धारा गठित २ ओटा मल्टि प्यालयर हर्डमा निशुल्कबोयर क्रस बोका वितरण गरिएको किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम, कार्यान्वयन इकाई रुकुमका दुग्ध विकास बिशेषज्ञ सुलभ भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार, गतबर्ष पनि देउतीबज्यै बोयर मल्टिप्लायर हर्डमा र शिवगुफाबोयर मल्टिप्लायर हर्डमाक्रमशः १० र १३ ओटाबोयर क्रस बोका वितरणगरिएको थियो । उहाँका अनुसार, दुबै मल्टि प्लायर हर्डमा ६–६ ओटा बाख्रापालन समुह आबद्धछन् । गतबर्ष वितरण गरिएका बोकाबाट देउती बज्यै बोयर मल्टिप्लायर हर्डमा ३ सय ९६ बाख्रा बाली लागेका थिए भने १ सय १ ओटापाठा र ९१ ओटा पाठी उत्पादन भैसकेका छन् ।

त्यसैगरी, शिवगुफाबोयर मल्टिप्लायर हर्डमा३ सय ७२ ओटा बाख्रा बाली लागेकोमा ७६ पाठा र ८३ पाठी उत्पादन भएका छन् । दुग्ध विकास बिशेषज्ञ भण्डारीका अनुसार, केहि उत्पादनको प्रक्रियामा रहेका छन् भने केहि बिक्रि समेत भैसकेका छन् ।

खारामा रहेको देउती बज्यै बोयर मल्टिप्लायर हर्डमाहाल सम्म १ सय ३५ ओटा खसि बोका बिक्रि गरेर र१४ लाख७९ हजार ३ सय रकम आर्जन गरेको किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम, कृषिउद्यम केन्द्रका जिल्ला कृषि व्यबसाय विकास सल्लाहकार राजु लामिछानेले बताउनुभयो । उहाँका अनुसार, नुवाकोटमा रहेको शिव गुफाबोयर मल्टिप्लायर हर्डमाहाल सम्म२ सय १ ओटा खसि बोका बिक्रिभएका छन् । उक्त बिक्रिबाट बाख्रा पालक किसानहरुले रु.२१लाख ६९ हजार ६ सय बराबरको कारोबार गरेका छन् ।

साना पुशपालक किसानहरुको व्यबसायीकरण मार्फत ग्रामिण विकासलाई दिगो बनाउने लक्ष्यले संचालित केयुबिकेले बाख्रापालक किसानहरुलाई खोर सुधार, घाँस वितरण, खोप तथा औषधि बितरण, बिभिन्न तालिम प्रदान लगायतका कार्यक्रममा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्