मजदुरको छलाङ



बुधवार मे १, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘संसारका मजदुर एक जुट होऔं’ वर्षौ पुरानो यो नारा स्मरण गर्दै देश विदेशमा दिवस मनाइएको छ । अघिपछि कुरो त्यस्तै हो, दिवसको पूर्वसध्यादेखि दिवसको खास दिन र बढीमा भोलीपल्ट श्रमिकको गुनगान गाउनेहरु बाक्लै देखिन्छन् भेटिन्छन् ।

यसपटक पनि त्यस्तै रुटिन दोहोरियो । अन्य मुलुकाँ पनि त्यस्तै त होला नि, कुनै नयाँ गतिविधी भए खवर पाऊ है पाठकवृन्द । तर पाठकवृन्द देश सानो र गरिव भएपनि नेपालका मजदुरको स्तरले गज्जबको छलाङ मा¥या मा¥यै छ भन्या । आफूलाई मजदुर भन्ने र मजदूरको प्रतिनिधी बताउनेहरु रातारात जमिनदार भएसी नेपालले यूरोपेली मुलुकलाई पनि राम्रैसँग उछिन्या छ ।

विगतमा चप्पल पड्काउँदै सिंहदरवार छिरेका मजदुर नेताहरुको बास निकै महंगा बङ्लोमा हुन थालेको, निकै चिल्ला र महंगा सवारीमा सवार हुनेहरुले विगतको पृष्ठभूमि चटक्कै विर्सिएको बखान धरहराले धेरै गर्नु पर्दैन क्यार । यस्तै र यो भन्दा अझै असली बायोडाटा भएकाहरु मजदुर नेताहरु मे दिवसको अग्रपङ्तीमा छाउँदा अचम्मै नहुने मुलुक चाहिँ नेपालै त होला नि, कि कसो पाठकवृन्द ?

यहाँको हावापानी नै उस्तो हो कि क्या हो, खास मजदुरहरु जमिनदार भए । जमिनविहिन मजदुरहरु पनि छिटै जमिनदार बनून, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्