भूमाफियाको चलखेल बन्द गर



पछिल्लो समय चर्चामा रहेको बालुवाटारको सरकारी जग्गा अतिक्रमणको बारेमा बर्तमान सरकारले एक्सन लिएपछि भूमाफियाहरु अहिले तिलमिलाउन थालेका छन । सरकारले सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण रोक्नकालागि छानवीन समिति गठन गरी दोषीमाथि कारवाही गर्नुपर्ने भए सिफारिस गर्न आग्रह गरे बमोजिम समितिले छानवीन गरी दोषीमाथि कारवाहीको सिफारिस गर्न निर्देशन दिए बमोजिम समितिले प्रतिवेदन सार्वजनिक गरेपछि भूमाफियाले अहिलेको सरकार बिरुद्ध गरेको प्रचारलाई संचार माध्यमले गरेको प्रचारप्रति सरकार असामान्जस्यमा परेको छ ।

कारवाहीको दायरामा आउनु पर्ने माफियालाई कारवाही गर्ने तयारी गरिरहेको बेला सरकारमाथि भएको आक्रमणलाई माफियाको बिरुद्धमा रहेका जनताले असन्तोष ब्यक्त गरेका छन । पछिल्लो समय सरकारले जस्तो सुकै सकारात्मक तथा नकारात्मक काम गरेपनि त्यसको बिरुद्धमा लाग्ने एउटा मध्यम बर्गिय समूहले अहिले सरकारको बिरुद्धमा गरेको बिषबमनले मुलुक अव कता जादैछ भन्ने अनुमान गर्न समेत असजिलो अवस्था र्सिजना हुदै गएको छ ।

दुई तिहाईको सरकार भनेपनि जनताको चाहाना अनुरुपको काम गर्न नसकेपछि बर्तमान ओली सरकारको बिरुद्धमा सडकमा उत्र्रन नसकेपनि सामाजिक संन्जाल मार्फत हुर्मत लिन उद्द समूह भने ललिता निवास जग्गा प्रकरणमा सरकारलाई बदनाम गराउने र अभियुक्तहरुलाई उन्मुक्ति दिलाउन लागेक गिरोहमा संन्चारमाध्यम जानी नजानी फस्दै गएको होकि भन्ने भान जनतामा पर्दै गएको भान हुन थालेको छ ।

पछिल्लो समय नेकपाका महासचिव बिष्णु पौडेलको नाममा पास भएको जग्गा प्रकरणलाई लिएर सरकारको तेजबोध गराउने प्रयासलाई सरकारले चिर्न नसक्नु अहिलेको सरकारको लाचारीपन भन्दा अतियुक्ति नहोला । भूमाफियाले नेकपाका महासचिव पौडेल जस्तै नेताको नाम बेचेर आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने समूहको पछि राजनीतिक नेतृत्व देखिनु पक्कै पनि राम्रो पक्ष होईन । मुलुकका कुनैपनि नेतामा इमान्दारिता नदेखिनुको परिणाम अहिले सतहमा आउदै छ । जनता नेताहरुप्रति निरास हुदै गएका छन ।

नेतामा देखिएको कमाउ मोहले जनतामा निरासा बढ्दै गएको हो । सरकारले राम्रो काम गर्न खोजेपनि यस्ता प्रकरण सार्वजनिक भएपछि सरकारलाई खुइल्याउने गिरोह सक्रिय रहेको छ । यसो भन्दैमा अहिलेको सरकार चोखो भन्न खोजिएको भने होईन । दुई तिहाइको फुर्ती लगाउने सरकारको काम कारवाही प्रति भने जनता सचेत हुदै गएका छन । सरकारले गर्ने प्रचार र काम गर्ने शैलीले भने जनता अवाक हुदै गएका छन । यस तर्फ सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्