मुलुकका अर्थशास्त्री र विश्लेषक देशमा भएको प्रगतिमा भन्दा निराशामा केन्द्रित भएको मुख्यमन्त्रीको आरोप



यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मुलुकका अर्थशास्त्री र विश्लेषकहरूले पनि देशमा भएको प्रगतिभन्दा निराशाको चर्चा बढी गर्न थालेको आरोप लगाउनु भयो ।

उहाँले सरकारको गति देखेर बदनाम गराउने खेल भइरहेको समेत दाबी गर्नु भएको छ् ।
देशमा भएका सुधारका प्रयासहरू सहन नसकेर केही शक्तिहरूले विभिन्न प्रपोेगाण्डा गरी सरकारलाई असफल बनाउन खाजेको उहाँले धारणा राख्नु भयो ।

मुुख्यमन्त्रीले पोखरेलले सरकारले यातायातमा रहेको सिन्डिकेट हटायो , मेनपावर कम्पनीहरूलाई व्यवस्थित बनाउन थाल्यो , श्रमिकहरूको सामाजिक सुुरक्षा कार्यक्रमहरू लागू गत्यो , आर्थिक वृद्धिदर ३ बाट ७ प्रतिशतमा पुत्यायो , सरकारको गतिले आफ्नो आधार भत्किने देखेर विपक्षी कांग्रेस सरकारलाई असफल बनाउन खोजेकोआरोप समेत लगाउनु भयो ।’

१३० औं मई दिवसको अवसरमा नेपाल टेड्र युनियन महासंघ जिफन्ट प्रदेश कमिटीले बुुधवार बुटवलमा आयोजना गरेको सभालाई संशोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले विकास र समृद्धिको पक्षमा काम गरेको देखेर ठालुहरूले दुईतिहाइको सरकारले केही गर्न नसकेर भनेर भन्दै हिँडेका छन् । तर अहिलेको सरकार देश बनाउनका लागि आएको हो । बनाएरै छाड्छ ।’

मुख्यमन्त्री पोखरेलले अबको एक वर्षपछि सरकारको विरोध गर्नेहरूले नै सरकारका कामको समर्थन गर्ने दिन आउने दाबी गर्नु भयो । उहाँले संघीय, प्रदेश र स्थानीय तहका धेरै नेकपाको सरकार रहेकोले तीनै तह मिलेर काम गरी देशलाई समृद्ध बनाएर छाड्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्