मास्टरको खाँचो



‘कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रोमा राख्यो बाङ्गाको बाङ्गै’ भन्ने उखान कुटनीतिमा पनि लागु हुँदो रै’छ भन्ने कुरो हिजो–आज प्रष्ट भा’छ । राष्ट्रपतिको चीन भ्रमणका क्रममा यस्ता सन्दर्भ धेरै देखियो । दुवै मुलुकका विशिष्ट अधिकारीको जमघटमा हाम्रा परराष्ट्रमन्त्रीज्यूको जुत्ता पोज अचम्मैको देखियो ।

सर्ट, पाइन्ट, कोट अनि स्पोर्ट सुज सहितको फोटो सेसनमा मन्त्रीज्यू मसक्क मस्किँदा कुटनीतिक वृृत्तलाई चसक्कै पा¥या छ । सिकाउ भने मन्त्री परे, नसिकाऊ अझै के–के हुन्छ भन्ने तनावमा भ्रमण टोलीका सदस्यले एक आपसमा कानेखुशी गरेको राम्रैसँग देखियो । ‘खै, मन्त्रीज्यू अरु बेला त जाने बुझेकै देखिनुहुन्थ्यो, यसपटक खै के भो के भो’–यस्तो तर्क मन्त्रालयमा बाक्लै सुन्न पाइन्छ ।

नयाँ नियुक्त भएका राजदूतहरुलाई डे«स कोर्ड सहित अन्य कुटनीतिक आनीबानी सिकाउने परराष्ट्रले मन्त्रीलाई चाहिँ सिकाउन नमिल्ने रै’छ कि क्या हो ? अनि अर्को अचम्म, राष्ट्रपति भण्डारी प्लेनबाट ओर्लदै गर्दा नेपाली टोली राष्ट्रपतिसँगै हस्याङ फस्याङ गर्दै ओर्लिया देख्दा त्यहाँ पनि कुटनीतिक आचरण राम्रैसँग खुस्किएको देखियो । राष्ट्रपतिसँगै सबैजनाले चिनियाँ सुरक्षाकर्मीबाट सलाम पो खोज्या हुन् कि ?

मुलुकमा शासन व्यवस्था परिवर्तन हुँदैमा, लोकतन्त्र र गणतन्त्र आउँदैमा, कोही नेता, मन्त्री वा विशिष्ठ पदको कुर्चीमा बस्दैमा आचरण र व्यवहार परिवर्तन नहुँदो रै’छ । विशिष्ठहरुलाई डे«स कोर्ट र आचरण व्यवहारको पनि तालिम अनिवार्य गरे कसो होला ? बरु, मास्टर पो कहाँ खोज्ने होला ?

प्रतिक्रिया दिनुहोस्