को चाहिँ मगन्ते ?



‘काठमाडौंका सडक र फुटपाथमा कोही मगन्ते देखियो भेटियो भने सरकारलाई तु. खवर गर्नु, तीनको व्यवस्थापन सरकारले गर्छ’–पीएम ओलीले आइतवार एक कार्यक्रममा यस्तै बताए । अब कोही पनि नेपाली भोको र मगन्ते नहुने उनको तर्क छ ।

‘केही व्यक्ति बाध्यतावस सडकमा मागेर हिडेका हुन सक्छन्, त्यस्तो देखिएमा तत्काल प्रधानमन्त्री स्वरोजगार कार्यालयमा खवर गर्नुस, त्यस्ता व्यक्तिको जिम्मा सरकारले लिन्छ’–ओलीले प्रष्टै बोले । धरहरालाई पनि उनको कुरो दमदार लाग्यो, उनले जे बोल्या छन् त्यो कुरो कार्यान्वयन होस शुभकामना ।

सरकारले दोहोरो अंकको आर्थिकवृद्धि गराएसी यो योजना असंभव नहुने उनको तर्क राम्रैसँग सुनियो । तर हरेक वर्ष ओरालो लाग्या अन्तर्राष्ट्रिय व्यापार घाटा चाहिँ कम्रेडको कार्यकालमा कति अंकले घट्ने हो ? अनि कम्रेड ओलीज्यू, मुलुकले त दात्तृ मुलुकसँग बाह्रैमास हात फिजाइरा’छ त, यसरी नै मुलुक चलिरा’छ ।

मुलुकलाई चाहिँ कसरी मगन्त मुक्त बनाउने, उताबाट माग्ने अनि यता मगन्तेमुक्त बनाउछु भन्ने कुरो अलि हजम भएन कि ? यो प्रश्न धरहराको मात्रै होइन, आम नेपालीले प्रष्ट जवाफ खोज्या छन् ।

प्रतिक्रिया दिनुहोस्