पुष्करलाल एक कर्मशील मिडियाकर्मी



आरके मानन्धर

उनैले काठमाडौं बाहिरबाट पनि दैनिक पत्रिकाको प्रकाशन सम्भव छ भन्ने देखाइदिए, समाचारपत्र पहिलोपटक विराटनगरबाट प्रकाशित गरेर।

मित्र पुष्करलाल श्रेष्ठको निधनको खबर मेरा लागि अप्रत्याशित थियो। हुनत उनी नाकको सानो शल्यक्रिया सफल नभएको निहुँमा एकपछि अर्को गर्दै विभिन्न अस्पतालमा थप उपचारत थिए। तर, यति छोटै अवधिमा उनले हामी सबैलाई छाडेर जालान् भन्ने मैले सोचेको थिइनँ। दैवको लीला⁄ हाम्रो वशमा थिएन। ईश्वरलाई यही निर्णय ठीक लागेछ, सायद। हामीले स्वीकार्नुको विकल्प भएन नै।

मित्र पुष्करका बारेमा कहाँबाट कुरा शुरू गर्ने भन्ने हुन्छ। उनी नेपाली मिडिया जगत्का एक कर्मशील र संघर्षशील जुझारु व्यक्तित्व थिए। नेपाली पत्रकारितामा नयाँ फरक धारबाट पनि टिक्न सकिन्छ भन्ने उनले स्थापित गरेका छन्। उनले हुनेसम्मका सबैखाले प्रयोग गरेका थिए।

हुनत पृष्ठभूमिको कुरा गर्ने हो भने उनका पूर्खाहरू राणाकालमा काठमाडौंका केही महाजनमध्येका एक थिए। तर, मानिसलाई कर्मले कहाँ डोहो¥याउँछ भन्ने एकिन हुन्न भन्ने उनका हकमा पनि लागू हुन्छ। किनकि पुख्र्यौली पेसा व्यापार छाडेर उनी कुनै सरोकार नै नभएको मिडिया कर्ममा होमिएका थिए, एकोहोरो लगावका साथ।
उनले कला क्षेत्रका व्यक्तिहरूको जीवन र कामलाई कर्म बनाएर सञ्चार कर्म शुरू गरेका थिए, विजय उदय पाल्पालीलाई सम्पादक बनाएर। त्यहाँबाट शुरू भएको थियो उनको पुख्र्यौलीभन्दा फरक पेसा अर्थात् नेपाली रंग पत्रकारिताको यात्रा। पुष्कर भन्थे– ‘कहिले रहर त कहिले बाध्यता अनि कहिले चुनौतीले गर्दागर्दै जीवन नेपाली सञ्चारकर्ममै लगाएँ।’

२०४१ मंसिर १५ गते शुरू गरिएको कामना पत्रिकासँगको पुष्करको यात्रा पछिल्लोपटक आधा दर्जनभन्दा बढी पत्रिकामा पुग्यो। सिने पत्रिका पनि बजारमा चल्छ र स्थापित हुन्छ भन्ने उनैले नेपाली समाजमा देखाएका हुन्। जुन तत्कालीन समयमा एउटा जोखिम भनौं वा मुख्र्याइँ दुवै थियो, तर पुष्करले दुवै काम एकसाथ गरे।
कामनाको लोकप्रियता एक समय लोभलाग्दो थियो। त्यसैको सेरोफेरोमा पुष्करले अर्को खोजमूलक पत्रिका साधना निकाले। जसले तत्कालीन समयमा खोजमूलक सामग्रीका साथ स्टोरी छाप्न थाल्यो, त्यो पनि उत्तिकै चर्चामा र≈यो।

२०५० सालतिर पुष्करले अर्को प्रयोग गरे सन्ध्याकालीन दैनिक पत्रिकाका रूपमा महानगर निकाले। यसले पनि तत्कालीन समयमा पाठकको रुचिलाई पूरा गर्ने प्रयास ग¥यो। साँझ कार्यालयबाट होस् वा अरू कामबाट फर्कनेका लागि यो एउटा खुराकझैं बनेको सम्झना छ।

त्यसको केही वर्षपछि शुरू गरेको आजको समाचारपत्रले अहिले नेपाल समाचारपत्र बनेर आम पाठकबीच आफ्नो व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
तर तत्कालीन समयको पत्रिकाको भीडमा समाचारपत्रले २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डको समाचार छापेर यस्तो बाजी मा¥यो। त्यो पुष्करको जीवनकै चुनौती, जोखिमपूर्ण, आँटिलो र आम जनताका लागि एउटा पत्रिकाले सुसूचित गराउनका लागि गर्नैपर्ने धर्म निर्वाह गरेको मलाई लाग्दछ।

पुष्करलालले आफ्नो पत्रकारिता जीवनमा थुप्रै बाजी मारेका छन्। उनैले काठमाडौं बाहिरबाट पनि दैनिक पत्रिकाको प्रकाशन सम्भव छ भन्ने देखाइदिए, समाचारपत्र पहिलोपटक विराटनगरबाट प्रकाशित गरेर।

यस्ता कर्मशील व्यक्तिसँग रुष्ट बन्ने र इबी साँध्नेहरू पनि देखिए। तत्कालीन माओवादीले उनीमाथि गरेको हर्कत निन्दनीय थियो नै। हुनत माओवादीले आफूविरुद्ध आवाज उठाउने कसलाई पो बाँकी राखेका थिए ररु उनीहरू स्वतन्त्र प्रेसको पक्षमै कहिले थिए ररु आलोचना सुन्न नचाहने माओवादीको संस्कार नै थियो तत्कालीन समयमा। त्यसैको मारमा पुष्कर पनि परेका थिए।

यस्ता कर्मवीर पुष्करको निधनले नेपाली पत्रकारिता जगत्मा ठूलो क्षति पुगेको छ। परिवारमा पर्न गएको दुःख र क्षति त अकल्पनीय नै छ। तर, मृत्यु शाश्वत सत्य हो। हामी जति नै भाग्न खोजे पनि यसले एक दिन सबैलाई आफ्नो नियन्त्रणमा पार्छ नै। यो नै सत्य हो। यो सत्यलाई स्वीकार्दै मित्र पुष्करले खनेको असल बाटोमा नेपाली पत्रकारिता क्षेत्र लम्किन सकोस्।
मित्र पुष्करप्रति हार्दिक शब्दश्रद्धा।

प्रतिक्रिया दिनुहोस्