तिम्रो कलम



– दिनेश श्रेष्ठ
क्षेत्रपाटी पार्टी प्यालेस
पुष्कर ! तिम्रा ती कलमका हरफहरु
भैराखेका छन् उपदेशसरि ती शब्दहरु
पढ्दा ती तिम्रा रोचक घटनाहरु
कौतुहल बढ्दै जान्छ तिम्रा भोगाइहरु
कुनै प्रख्यात उपन्यासभन्दा कम छैन
ती तिम्रा वास्तविक दुःख र वेदनाहरु
लाग्छ मनमा तिम्रा यादहरुमा
कति धैर्यवान् छौ तिम्रा लक्ष्यहरुमा
हिम्मत हारेनौ कहिल्यै पनि तिमीले
डटेर लागिरह्यौ मनैदेखि तिमीले
शायद तिनै धैर्यताको फल
आज पाइराखेछौ तिमीले असीम सफल
सम्मान गर्छन् सबैले तिमीलाई
तिम्रा निःस्वार्थ पत्रकारिताका संघर्षलाई
दशकौं लामो तिम्रो त्यो साहसिक यात्रालाई
सभक्ति प्रेम टक्र्याउँछु तिम्रा ती प्रयत्नलाई ।

प्रतिक्रिया दिनुहोस्