श्रद्धासुमन



– शैलेन्द्र सिंखडा
कला संस्कृतिको लागी यौटा दिव्य नक्षेत्रको
सञ्चार क्षेत्रमा त्यस्तै मुर्धन्य शक्ति अन्त्य भो ।

पत्रकार्को थिए प्यारा कलाकार् को झनै प्रिय
देश संकटमा पर्दा चिन्ता लिने ऊनै थिए ।

पत्रिका थालनी गर्दै छपाई चलचित्रको
पस्कंदै जनतामाझ यथार्थ देश भित्रको ।

मेरो कृति अमर् हुन्थ्यो कामनामा छपाउँदा
म आज टुहुरो भा’छु पुष्कर् दाइ नपाउँदा ।

ईतिहास रचेका हौ गर्दै बैंस समर्पण
पुष्कर् दाइ नमन् गर्छु श्रद्धासुमन अर्पण ।

 

प्रतिक्रिया दिनुहोस्