होनहार राष्ट्रवादी पत्रकारलाई गुमाउनुपर्दा साह्रै दुःख लागेको छ



डा. सुन्दरमणि दीक्षित
पुष्करजीसँग धेरै वर्षपहिला मेरो सम्बन्ध डाक्टर र पेसेन्टकै रूपमा थियो। चिनजान बढ्दै गएपछि उहाँ र मेरो बीचमा एकप्रकारको मित्रताकै अवस्था सिर्जना भयो। यतिसम्म भयो कि पारिवारिक, अफिसियल र देशकै बारेमा समेत मन्थन हुन थाल्यो। अरू दिनमा जस्तै एकदिन उहाँ मसँग समय लिएर आउनुभयो।

मकहाँ आउने अरू पनि फरक–फरक विधाका बिरामी हुन्थे। त्यसताका पुष्करजीलाई अफिसियल्ली आर्थिकरूपमा कसरी सबल हुने भन्ने समस्या परिराखेको रहेछ। केही उपयुक्त व्यवसायीहरू मेरोमा आउने पेसेन्टहरू थिए, उहाँहरूलाई केही प्रतिशत शेयर दिएर संस्थालाई अघि बढाउन कुरा गर्न उहाँले आग्रह गर्नुभयो। मैले उहाँको संस्था कामना न्युज पब्लिकेसन्स्को समस्या सौहार्दपूर्ण तरिकाले सुल्झाउन धेरै मद्दत गरें, सफल पनि भयो। यो कार्यप्रति पुष्करजी मप्रति धेरै प्रभावित हुनुभएको थियो।

हाम्रो वर्षौंको सम्बधले उहाँ पेसेन्ट मात्र नभएर अनन्य मित्र हुनुहुन्थ्यो। म पनि लेख–रचनाहरू लेखिरहन्थें। धेरैजसो नेपाल समाचारपत्रमा नै लेख्थें। उहाँ मात्र नभएर उहाँकी श्रीमती राजेश्वरी पनि मेरो पेसेन्ट हुनुहुन्थ्यो। उहाँ पनि अत्यन्तै भद्र र मिलनसार हुनुहुन्छ। जब–जब म लेख लेख्थें पुष्करजीलाई पढ्न अनुरोध गर्थें। उहाँले पढेर तुरुन्तै फिडब्याक दिनुहुन्थ्यो। उहाँको पनि सम्पादकीय, लेखहरू समाचारपत्रमा प्रकाशित भइरहन्थे, मैले पनि पढेर फिडब्याक दिन्थें। हाम्रो यो क्रम निरन्तर भइरहन्थ्यो। मेरो अन्तर्वार्ता टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनमा आइरहन्थ्यो। उहाँलाई हेरिदिनोस् पुष्करजी भन्थें। उहाँले अनिवार्यरूपमा हेर्नुहुन्थ्यो र फिडब्याक पनि तुरुन्तै दिनुहुन्थ्यो।

हाम्रो सम्बन्ध पछिल्लो समय अन्त्यन्तै निकट हुँदै गयो। उहाँलाई राजा, प्रधानमन्त्री, राजदूतजस्ता उच्चपदस्थ व्यक्तित्वहरूबाट पटक–पटक बोलावट हुन्थ्यो। भेटका क्रममा के कुरा गर्ने, कसरी गर्ने भननेसम्मका कुराकानी हामी छलफल गथ्र्यौं। स्व। राजा वीरेन्द्रसँगको भेटमा राजाले पुष्कर भनी सम्बोधन गरेरै कुरा गर्दा आफूले दिएको जवाफका बारेमा पनि जानकारी गराउनुुहुन्थ्यो।

पुष्करजीले कुनै दूतावासमा बोलाएको छ भने पनि मलाई सोध्नुहुन्थ्यो, म कसरी प्रस्तुत हौं भन्नुहुन्थ्यो। उहाँको विशेष गुन भनेको अरूको कुरा सुन्ने र वास्तविकता पहिचान गरी निर्णय गर्न सक्ने क्षमता उहाँमा थियो। उहाँका हरेक लेख पढ्दा कहिल्यै कसैले तर्क गर्ने ठाउँ नै हुँदैनथ्यो। उहाँका हरेक लेख यथार्थपरक र राष्ट्रवादी विचार बोकेका हुन्थे। लेख–रचनामा होस् या व्यवहारमा, पुष्करजीमा थोरै पनि साम्प्रदायिकता थिएन। उहाँ वास्तवमै राष्ट्रवादी, कहिल्यै राष्ट्रमा केही आँच नआओस् भन्ने विचारले भरिएको उच्च विचार राख्ने स्वभावको हुनुहुन्थ्यो।

हुँदा–हुँदा त्यो रोग बढ्दै गयो। उहाँको आत्मबल कमजोर भइसकेको रहेछ। हामीले उहाँलाई ‘पुष्करजी, यो भाइरस हो, ठीक हुन्छ’ भन्यौं।

उहाँका जति पनि लेख–रचना प्रकाशित भएका थिए, तिनमा राष्ट्रियता नै झल्किन्छ। उहाँलाई मैले भन्थें– ‘पुष्करजी ⁄ तपाईंको यो कस्तो लेख हो रु यसमा त कसैले काट्ने ठाउँ नै छैन।’ मेरो कुरा सुनेर उहाँ भन्नुहुन्थ्यो– ‘डाक्टर साब ⁄ त्यो नभए त मेरो पत्रकारिताको विश्वसनीयता कहाँ हुन्छ र रु’ मसँग उहाँको धेरै लामो समय यसरी नै बित्यो। उहाँ राम्रो पेसेन्ट हुनुहुन्थ्यो तर कामको प्रेसरले गर्दा होला, कहिलेकाहीं परीक्षण गरेर आउनुस् भन्दा भ्याउनुहुन्नथ्यो। उहाँलाई आफ्नो स्वास्थ्यको भन्दा देशकै चिन्ता बढी थियो।

पछिल्लोपटक उहाँको स्वास्थ्य समस्यालाई नियाल्दा विचित्रको रोग लाग्यो। यही समय किड्नीको पत्थरीको शल्यक्रिया पनि गराउनुभएको भन्नुहुन्थ्यो। उहाँलाई लागेको विचित्रको रोग नेपालमा धेरै देखिने रोग होइन। हामीले डाक्टरी पढ्दा बुझेअनुसार त्यो रोगले जुन रूप लिन्थ्यो र लिनुपथ्र्यो उहाँमा पटक्कै त्यो रूप लिएन। जुन उहाँलाई लागेको रोगको नाम ज्ञयबारिसिन्ड्रोम ९जीबीएस० भाइरस भनियो, त्यो रोगको प्रस्तुति नै त्यस्तो हुने होइन। शुरूमा त्यो रोग यस्तो हो भन्न कसैले पनि सक्ने अवस्था नै थिएन। हो, उहाँलाई भाइरस थियो, भाइरसले ब्रेनमा हानेको थाहा छ, तर ज्ञयबारिसिन्ड्रोम भन्ने हामीलाई थाहा हुनै सकेन।

हुँदा–हुँदा त्यो रोग बढ्दै गयो। उहाँको आत्मबल कमजोर भइसकेको रहेछ। हामीले उहाँलाई ‘पुष्करजी ⁄ यो भाइरस हो, ठीक हुन्छ’ भन्यौं। तर उहाँको मनले हरेस खाइसकेको रहेछ। मेरो क्लिनिकको मेचमा बसेर अन्तिमपटक आफूलाई के भएको भन्दै उहाँ दुःखी हुनुभयो। मैले दिएको आश्वासन सुनी मन बुझाउन नसकेर होला, निरास हुँदै बाहिरिनुभएको थियो। त्यो समय नै उहाँ मेरो क्लिनकमा आएको अन्तिमपटक हो। त्यतिबेला उहाँ जेठो छोरा दिरेकसँग आउनुभएको थियो।

पुष्करजी त्यसबेला मेरो अगाडि पुग्नासाथै निकै चिन्तित देखिनुभयो। उहाँको मनले हरेस खाएछ कि के हो, उहाँले मलाई सुनाउन थाल्नुभयो– ‘म राम्रोसँग बोल्न पनि सक्दिनँ, हातखुट्टा पनि राम्रोसँग चलेको छैन।’ तर, मैले देख्दा उहाँ हिँड्न पनि सक्नुहुन्छ, बोल्न पनि सक्नुहुन्छ। उहाँलाई भने भित्रैबाट अब मेरो खुट्टा पनि नचल्ने भयो, हात पनि नचल्ने भयो, बोल्न पनि नसक्ने हुन आँटे भन्ने लागेको रहेछ। यथार्थमै त्यही भएको रहेछ। बिस्तारै समस्या बढ्दै गयो। शुरूमा जुन संकेत उहाँमा भयो, हामीले त्यो कुरा बुझ्नै सकेनौं।

त्यो रोगले त्यस्तोसम्म गर्नै सक्दैन। आखिरी उहाँको रोग त्यही हो रहेछ। बिस्तारै उहाँको बोलीमा समस्या प¥यो, हातखुट्टा नचल्ने भयो, त्यस्तो खालको रोग उहाँमा लाग्यो। अद्भूत रोग नै उहाँलाई लागेको हो। यहाँ पनि छुट्याउन सकिएन, रोग छुट्याउन दिल्लीस्थित मेदान्त अस्पताललाई पनि निकै मुस्किल प¥यो। ढिलै भए पनि पत्ता लाग्यो, आखिर जीबीएस भाइरस रहेछ।

ज्ञयबारिसिन्ड्रोम रोगले सास फेर्ने सेन्टरमै सीधैं हान्छ। हाम्रो ब्रेनमा मुटु चल्ने, सास फेर्ने, तिर्खा लाग्ने, भोक लाग्ने भिन्नाभिन्नै सेन्टर हुन्छन्। यो रोगले ब्रेनको खास गरी सास फेर्ने सेन्टरमा ड्याम्मै हानिदिन्छ र सास ठ्याक्कै बन्द हुन्छ। मलाई दुःख केमा लाग्छ भने, त्यो रोगले आफ्नो रूपलाई लुकाएर ल्यायो।

आवरण नै परिवर्तन गरेर आयो र हामी डाक्टरलाई पनि छक्काइदियो। बिलकुलै छक्काइदियो। त्यसैले समयमा उहाँको रोगको पहिचान गरेर उपचार गर्न पाइएन, त्यो साह्रै दुःख लाग्छ। त्यो रोग नै विचित्र ढंगले आएकाले पहिचान गर्न सकिएन। मेदान्तमा लगेर पहिचान भयो, उपचार पनि भयो, उहाँले त्यति धेरै सास्ती भोग्नुभयो तर त्यति गरेर पनि हामीले बचाउन सकेनौं।

विज्ञानको परिभाषामा ज्ञयबारिसिन्ड्रोम रोगमा श्वास ठ्याप्प बन्द हुन्छ र २४ घन्टामै मान्छे मर्छ। तर पुष्करजीको केसमा त्यस्तो हुन पाएन र लामो समय सबैमा आशा जगायो। दिल्लीमा मेदान्तको टिमले सास फेराए। त्यहाँ भएकै कारण त्यो सम्भव भयो। यत्तिका प्रयास गरेर आशा देखाउँदै यहाँसम्म पुग्नुभएको व्यक्ति ६० वर्षकै उमेरमा गुमाउनुपर्दा साह्रै दुःख लागेको छ।

६० वर्षको उमेरमा एउटा राष्ट्रवादी, होनहार पत्रकार जसले एक्लो बाहुबलले तलैबाट उठेर एउटा पत्रिका मात्र चलाएन, कामना न्युज पब्लिकेसन्स् प्रालि नै स्थापना गरिदियो। त्यस्तो एउटा होनहार व्यक्तिको देशका लागि खाँचो हुँदाहुँदै देहावसान भयो।

उहाँ त्यति ठूलो मान्छे हुनुहुन्थ्यो, उहाँको विचार उत्तिकै महŒवपूर्ण थियो, उहाँको हातमा कलमको शक्ति थियो। तर, त्यति हुँदाहुँदै पनि कहिल्यै पनि उहाँले फूर्तिफार्ती गर्नुभएन र ब्याकग्राउन्डमै बसेर देश र जनताका लागि पत्रकारिताको माध्यमबाट सेवा गर्नुभयो। उहाँको साधारण व्यक्तित्व देख्दा हामीलाई लाग्थ्यो– यति ठूलो मान्छे हो, किन यस्तो सिम्पल लाग्ने रु उहाँको जीवनी पनि त्यत्तिकै सादा थियो।

२०७२ सालमा भूकम्प गएर पत्रिका निकाल्न नसक्ने अवस्थामा अधिकांश मिडिया हाउसहरू छट्पटाउँदा पुष्करजीले टुँडिखेलमा बसेर पनि काम गर्नुभयो। उहाँले चौरमा बसेर पनि पत्रिका चलाउनुभयो। आफ्नो दायित्व जसरी पनि पूरा गरेर देश र जनताप्रति सूचना प्रवाह गरिरहनुभयो। यसपछि उहाँले आफ्नै निवास भैंसेपाटीको आँगनमै पाल टाँगेर पत्रिका निकाल्नुभयो। त्यस्तो संकटमा पनि निर्णय र व्यवस्थापन गर्न सक्ने आँट भएको व्यक्ति हुनुहुन्थ्यो पुष्करजी।

उहाँ राजालाई पनि सल्लाह दिन सक्ने, प्रधानमन्त्री–मन्त्रीहरूलाई पनि सल्लाह दिन सक्ने, देशको बारेमा लेख्न सक्ने, यस्तो राष्ट्रवादी, साम्प्रदायिक भावना नलिने, शुद्ध विचारको व्यक्ति हुनुहुन्थ्यो। कुन ठाउँमा कुन–कुन निकायमा कार्यरत व्यक्तिहरूले घोटाला गर्छन् भन्नेसम्म छर्लङ्ग पार्न सक्नुहुन्थ्यो।

यस्तो गर्न सक्ने व्यक्ति पत्रकार नेपालमा कमै छन्। त्यस्तो व्यक्ति जाँदाखेरि हामीलाई वास्तवमै धेरै दुःख लागेको छ। कुनै कलंक नभएको राष्ट्रवादी, पेसेन्ट, साथी, घुस्याहा–भ्रष्टाचार केही नभएको व्यक्तिलाई पहिचान नै गर्न नसकिने रोग लागेर गुमाउनुपर्दा दुःख लाग्यो। सबैतिर सम्झँदा व्यक्तिगत हिसाबमा पनि मलाई खुबै दुःख लागेको छ।

प्रतिक्रिया दिनुहोस्