जसको मन र मुटुमा पत्रकारिता थियो



रामकृष्ण रेग्मी

पुष्करलाल श्रेष्ठ ः बिर्सन नसकिने पत्रकार ⁄ उहाँलाई सम्झाउने धेरै नै सन्दर्भ र प्रसंग छन्। झन्डै साढे तीन दशकको फाँटमा छरिएका ती सम्झनालाई के गरी पोख्ने हो एक आलेखमा ⁄ यति छिटै नै पुष्करजी विगत हुनुहोला भन्ने कहिल्यै लागेन। करिब पाँच महिनाअघि उहाँ बिरामी हुनुहुन्छ भन्ने सुन्दा लागेको थियो, सामान्य बिमारी नै त होला, पार भइहाल्छ नि ⁄ रोग बल्झिएर भारततिर लागेको सुन्दा अलि झसङ्ग भएको अनुभूति भएथ्यो, त्यसपछि निको हुन अप्ठेरो भइरहेको कुरा मित्रहरूबाट क्रमशः थाहा पाउँदा अति नै नरमाइलो लाग्यो, त्यो कुरालाई सहजै लिन अति नै मुश्किल

नेपाल समाचारपत्रका पत्रकारले सम्झनामा पुष्करलाल स्मृति अंकका लागि एक लेख लेखिदिनुहुन्छ कि भन्दा कस्तो दिन पनि आएछ जस्तो लाग्यो। अब कहिल्यै भेट््न नसकिने पत्रकार मित्रका नाममा शब्द–श्रद्धाञ्जली ⁄ जोसँग वर्षौं पत्रकारितामा प्रस्तुतिका विविध आयाम, कोण तथा धारबारे चर्चा गरियो, अभ्यासमा उतार्ने प्रयास गरियो उसैलाई सम्झने उपयुक्त भाका के रु त्यसलाई लेख्ने पो कसरी ⁄ केही समयको अन्योलपछि पुष्करजीसँगका भेटघाट, वार्ता, समाचारकक्षका कार्यगत वैचारिक आदानप्रदानका पुराना पानाहरू ताजा हुँदै खुल्दै गए, एकपछि अर्को गरी। त्यसै क्रमका केही टिपनटापन यहाँ प्रस्तुत छ ः

आधुनिक नेपाली पत्रकारितालाई नियाल्ने जोसुकैलाई पनि विसं २०४१–२०७५ को अवधिमा पत्रकार पुष्करलाल श्रेष्ठले निर्वाह गरेको प्रेस–भूमिकालाई किनारा लगाएर अघि बढ्न सम्भव हुँदैन। त्यहाँ सिने पत्रिकाको जमर्को, खोजी पत्रकारिताका पाइला, तात्कालिक ट्याब्लोइड किसिमको समाचारपत्रको अभियान र दैनिकका भीमकाय स्वरूपसम्बन्धी यस्ता यस्ता स्तम्भ देखिन्छन् जसलाई व्याख्या नगर्दा नेपाली पत्रकारिताको अध्ययन र अभ्यासक्रम पूर्ण हुँदैन। ती सबैमा विविध सूचना प्रवाहका लागि निजी क्षेत्रको उत्साह र संलग्नता परिभाषित हुन पुगेका छन्।

ती पुष्करीय स्तम्भमा अंकित भएका सन्देश हुन् ः पत्रिकाले पाठक जन्माउँछ, पठनशीलतालाई प्रवद्र्धन गर्छ, समाजमा एक किसिमको चिन्तन चौतारी ९आमसञ्चार विद्को भाकामा पब्लिक स्फियर० खडा गरिदिन्छ र विविधतामा र मौलिक प्रस्तुतिका आधारमा आमसञ्चार प्रतिस्पर्धालाई बेहोर्न सम्भव छ र हुर्कन पनि असम्भव छैन। त्यो प्रयास वास्तवमा एक संघर्ष नै थियो र त्यसका लागि चाहिने साहस, समर्पण भाव, धैर्य र ऊर्जा पुष्करजीमा थियो। यसैले त उहाँले तिनलाई वर्षौंसम्म नेपाली पत्रकारिता फाँटमा टिकाउन सक्नुभयो। यस क्रममा उहाँले खानुभएको गोताको लेखाजोखा छैन नै।

कामना पहिलोपटक बजारमा आउँदा होस् वा साधना दुवैका सामु ठूल्ठूला चुनौती थिए। तिनलाई पढ्ने कसले, तिनमा विज्ञापन दिने को, तिनमा सामग्री प्रस्तुत गर्ने कसले रु काठमाडौं पत्रकारिता परिसरले पनि ती प्रयासलाई सफल हुने नठानेको सम्झने धेरै होलान् नै। क्रमशः तिनले जनचासो बटुलेको, पाठकका लागि केही खुराक दिएको र कुन दिन र कहिले ती प्रकाशन निस्कन्छन् भनेर क्रेताको भीडले नै कुरेको देख्दा भने पुष्करजीले पाठकको चाहनालाई पहिल्याउनुभएको रहेछ भन्न धेरैलाई कर लागेको थियो। ती प्रकाशनको निरन्तरता र उत्तरोत्तर प्रगतिले त्यसैलाई पुष्टि गर्दै लगेको सर्वविदित कुरा हो।

अरू दुई बेग्लाबेग्लै दैनिक ‘महानगर’ र ‘नेपाल समाचारपत्र’ बेग्लाबेग्लै कालखण्डमा प्रकाशन हुँदा पनि प्रतिस्पर्धाको त्यति ठूला पर्खाल सामुन्ने थिए, तिनका लागि पाठक कहाँ पाउनु, तिनमा प्रस्तोता कसरी जुटाउनु, दुवै चल्न सक्दैनन् भन्ने शुरूआतको टिप्पणी थियो नै। पुष्करजीमा रहेको आँट र कुशलताले त्यो फड्को पनि पार हुन सकेको धेरैको अनुभव छ। दुवैले नेपाली पत्रपत्रिका नक्सामा र पठनशीलताको क्षेत्रमा क्रमशः आसन जमाउँदै गरेको दृश्य नेपाली पत्रकारिता क्षेत्रमा एक महŒवपूर्ण अध्याय नै हो। अझ महानगर पत्रिका बेच्नेहरूले एकताका प्रकाशनपूर्व नै बुक गर्नुपर्ने अवस्था आएको सन्दर्भ त नेपाली पत्रपत्रिका वितरणको क्षेत्रमा अभूतपूर्व नै थियो। यसका नायक पुष्करजी र श्रेय पनि उहाँमै सबै चार प्रकाशनलाई समयअनुरूप ऊर्जा दिने, निर्देशन दिने, सम्पादन टोलीलाई परिचालन गर्ने सीप पुष्करजीले प्रदर्शन गरेकैले ती नेपाली पत्रकारितामा लामो समयसम्म टिकेका हुन्। हो, जनप्रिय हुँदाहुँदै पनि महानगरलाई प्रतिस्पर्धामा टिकाउन अप्ठेरो प¥यो र बन्द हुन पुग्यो। नवीनता र विविधताका फाँटमा केही अन्वेषण त्यसबेला हुन सकेको भए महानगर बन्द गर्नुपर्ने थिएन। यसको बोध उहाँमा थियो, तर व्यावहारिक तनाव तथा आर्थिक झमेला बेहोर्नुपरेको र एफएम रेडियोको सूचना प्रवाहसँगको दौडको परिवेशमा नयाँ प्रयोग गर्नतिर उहाँ लाग्नुभएन।

 

एक धारमा अघि बढिरहेको साधनालाई पूर्णतः स्वस्थ म्यागजिनका रूपमा लाने जमर्को आँटिलो नै हो। त्यसबेला यो सम्भव होला र भनी चर्चा पनि भएको हो, कतिले पुष्करजीलाई यो असम्भव उडान हो भनेर अत्याएका पनि रहेछन्। तर, साधनाको टोलीमा उहाँको यति भर र विश्वास थियो कि यो क्रमश सम्भव हुँदै गएको अनुभव साधनाका पाठकले प्रत्यक्ष गरेकै हुन्, साधनाको स्वस्थ प्रस्तुति त पठनशीलताको दृष्टिमा पनि क्रमशः जनप्रिय बन्दै गएको नै हो। उहाँँबाट प्रोत्साहन वा सहजीकरण नभएको भए त्यसबेला साधनाले त्यति ठूलो उचाइ लिने थिएन। निम्ता आउने ठाउँमा गएर समाचार संकलन गर्ने प्रवृत्तिलाई खोजेर समाचार बनाउने पवृत्तिमा बदल्नु कमको कुरा कहाँ हो र

 

कहिले कहिले बिना योजना भेटघाट हुँदा समसामयिक विषयवस्तुले दुवैलाई छोप्ने गथ्र्यो, एक किसिमको सेसन नै चल्थ्यो भन्दा हुन्छ, नेपाल पत्रकारिता विषयमा, राष्ट्रिय र अन्तर्राष्ट्रिय सबालमा पूरै परिक्रमा पो गरिन्थ्यो ⁄ कहिले कहिले लाग्थ्यो पुष्करजीले आफूलाई अपडेट पो कुन बेला र कसरी गर्नुहुँदो हो रु उहाँको प्रस्तुति प्रकाशित भएको बेलाको भेटमा भने उहाँको लेखनीका विषयमा विविध आयाममा चर्चा हुन्थ्यो। आफ्ना अनुभवलाई सूक्ष्म ढङ्गमा तन्काउँदै, विश्लेषण गर्दै अभिव्यक्ति गर्ने उहाँको सीप उल्लेखनीय नै हो। समाचारमा कोण पहिल्याउने उहाँको सामथ्र्यलाई सम्मान गर्नु नै पर्छ। उहाँका प्रकाशन र बाहिर पनि प्रकाशित उहाँका प्रस्तुति आफैं त्यसको पुष्टि गरिरहेछन्।

 

पुष्करजीभित्रको पत्रकारिताको आकांक्षा, गन्तव्य पहिल्याउन गाह्रो थियो। कामनामा त्यो परिभाषित भएजस्तै लागेको थियो, तर साधनाले अर्को मार्ग देखाइदिँदा पहिलेको अनुभवलाई संशोधन गर्नैपर्ने भयो, नयाँ आयामका पुष्करजीलाई ध्यानमा राख्नै प¥यो। महानगरमा पुग्दा त मनोरञ्जन, इन डेप्थ रिपोर्टिङको उहाँको चाहना तत्कालिकतामा रमाउने पत्रकारिताको मूलधारमा पो अभिव्यक्त हुन पुग्यो। सायद यसमा पनि उहाँलाई चित्त बुझेनछ। त्यसैले त भीमकाय दैनिक नेपाल समाचारपत्र ९शुरूमा आजको समाचारपत्र० लाई मूर्त रूप दिन र दिगो तुल्याउन उहाँको अग्रसरतालाई नसह्राइरहन सकिन्न।

 

झन्डै १७ महिना नेपाल समाचारपत्रको समाचार कक्षतिर पत्रकारिताका विविध भूमिकामा संलग्न रहँदा पुष्करजीको सोच व्यवहार आदिमा अझ बढी स्पष्ट हुने अवसर मिलेको थियो। पत्रकारिताको स्वतन्त्रता र दायित्वमा उहाँ कटिबद्ध भएको अनुभव हुन्थ्यो, यसैका लागि नै उहाँ लुखुरलुखुर तर निरन्तर स्थिर भएर पत्रकारिताको यात्रामा अघि बढिरहेको अनुभव हुन्थ्यो। समाचार, तिनका शीर्षक शीर्षकमा, तस्वीर तस्वीरमा, कार्टुन कार्टुनमा, पाना पानामा छापिएका सामग्रीमा ती मुखरित हुनुपर्ने उहाँको अडान निश्चय नै महŒवाकांक्षी थिए तर गर्नुपर्ने त त्यही नै हो। त्यसमा उहाँ कति सफल हुनुभयो, भएन त्यो नेपाली पत्रकारिताको इतिहास लेख्नेले बोल्ने कुरा हो।
कामना प्रकाशनको सङ्गत रमाइलो अनुभव हुन्छ। त्यहाँ कुनै कालखण्डमा भेटिएका कतिपय जनशक्ति समाजका विविध सञ्चार र गैरसञ्चारीय फाँटमा अग्रभागमा रहेको अनुभूति समय समयमा हुन्छ नै। पत्रकारितामा शोध गर्नेहरू, पत्रकारकै अगुवाइ गर्नेहरू वा अन्य जनशक्तिमाझ पनि कुनै बेला कामनाका छातामुन्तिर भेटिएका अनुहार फेला पर्दा प्रकाशन गृहलाई एकपटक फेरि सम्झन कसलाई मन लाग्दैन र ?

 

आँखाअगाडि आइरहेछ पुष्करजी ⁄ त्यो मिडिया फेस्टिभल ११३८ ९पुस १८, २०७४ विसं० जहाँ यहाँसँग समावेशी सञ्चार र अभ्यासका विविध पक्षमा आपसी चिन्तन मनन भएको थियो। नेवाः पत्रकार राष्ट्रिय दबुको तत्वाबधानमा सम्पन्न त्यस कार्यक्रममा यहाँ स्रोतामध्येका एक होइन, मूल वक्ता नै हुनुपर्ने विचार राख्दा यहाँले भन्नुभएको सार निरन्तर मननीय भएको पाइरहेछु। पत्रकारितामा सुन्न नजान्ने र नसक्नेबाट समावेशी पाइला सम्भव हुन्छ र रु त्यो बेला प्रसिद्ध शताब्दी पुरुष सत्यमोहन जोशी र यहाँको उपस्थितिमा समावेशी पत्रकारिताको रूपरेखा प्रस्तुत गर्दा र विविध मातृभाषामा पत्रकारिताको यात्रामा प्रकाश पार्दा आफैंलाई गर्व अनुभव भएको थियो।
ओहो पुष्करजी ⁄ पत्रकारिताका त्यतिका कुरा गर्न बाँकी थियो, त्यत्तिकै किन आँखा चिम्लेको रु स्मार्ट युगमा छापा बाँच्ला र रु मोबाइल सेटले पलपलको सूचना प्रवाहमा साम्राज्य चलाएसरह गरिरहेछ। यस्तोमा बबुरो २४ घन्टामा एकपटक उदाउने छापा त्यसै हराउँदैन र रु कागजमा छापिएका अक्षरमा व्यक्त हुने अभिव्यक्ति कति नै दिगो भइरहला र रु यस्ता विषयमा कुरा गरेको झल्झली आउँछ, टुङ्गोमा नपुगी पछि फेरि कुरा गरौंला भनी आ–आफ्ना सुरमा हिँड्ने गरेको कसरी बिर्सनु र ?

प्रतिक्रिया दिनुहोस्