धेरै नबोल्ने ज्ञानका दाता



हरिहर शर्मा

जन्मनु–मर्नु विधिको विधान हो। त्यो निरन्तर चलिरहेको छ र चलिरहन्छ। मानिस जन्मन्छ र एउटा निश्चित यात्राको प्रारम्भ गर्छ अनि मृत्युसँगै उसको यात्राको समापन हुन्छ। जुन मानिसले आफ्नो जीवनकालमा राष्ट्र तथा समाजका लागि केही असल कार्य गर्छ, त्यो मृत्युपश्चात् पनि स्मरणयोग्य रहिरहन्छ।

उसलाई उसको कृतित्वले बचाइराखेको हुन्छ। अर्थात् ऊ सशरीर यस धर्तीमा नरहे पनि सबैको स्मृतिपटलमा रही नै रहन्छ। त्यस्तै सबैको मनमस्तिष्क र स्मृतिपटलमा रहिरहने व्यक्ति हुन् मेरा मित्र तथा भाइ पुष्करलाल श्रेष्ठ। जसको २०७६ वैशाख ४ गते असामयिक निधन भयो।

स्व। पुष्करलाल श्रेष्ठसँगको मेरो चिनाजानी र साथसंगत विगत ३६ वर्षदेखिको हो। हामीमा निकै घनिष्ठता थियो। मैले उहाँलाई शुरू–शुरूका दिनमा भेट्दा निकै हँसिलो, मिजासिलो, फुर्तिलो, शालिन एवं सभ्य र सुसंस्कृत व्यक्तित्व भएको युवाका रूपमा पाएको थिएँ र त्यस्तै स्वभाव उहाँको निरन्तर रही नै र≈यो। कसैलाई पनि मन दुखाउने गरी झ्वाट्ट केही नभनी हाल्ने पुष्करलालजीलाई बहुमुखी प्रतिभाको धनी व्यक्तिकारूपमा लिन म मन पराउँछु। एक कुशल फुटबल खेलाडी, असल समाजसेवी र सफल पत्रकारकारूपमा उहाँले आफूलाई यस राष्ट्रमा स्थापित गराउनुभयो।

नेपाली सिने जगत्लाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले उहाँले नेपाली सिने मासिक पत्रिका कामना प्रकाशनमा ल्याएर नेपाली चलचित्र उद्योगलाई ठूलो गुण लगाउनुभएको छ। त्यसै पत्रिकाको प्रकाशन थालनी गर्नुपूर्व मसँग भेट्न र सरसल्लाह गर्न आउनुभएको थियो। त्यसबेला उहाँले कामना पत्रिका प्रकाशन गर्नुको उद्देश्य, सोच र उक्त पत्रिका सिनेजगत् र यसका पाठकमा पुग्ने लाभका बारेमा सरसल्लाह वर्णन यसरी गर्नुभयो, मानौं मैले कसैको मौखिक प्रस्तुति नभई कुनै श्रव्यदृश्य प्रस्तुतिबाट जानकारी पाइरहेको छु।

कलाकार राष्ट्रका गहना हुन्, उनीहरूको सम्मान हुनुपर्छ। उनीहरूका कृतिको उचित संरक्षण र प्रचारप्रसार हुनुपर्छ। लामो समयसम्म रंगकर्म गरेर जीवन बिताएका हुन्छन् तर उनीहरूको कृतिको अभिलेखीकरण हुन सकेको छैन। कलाकारले आफ्नो जीवन पर्यन्त गरेका कर्महरू भावि सन्ततिका लागि संग्रहित गर्न सकेका छैनौं।

रंगमञ्च, चलचित्र र सांगीतिक कर्ममा लागेका स्रस्टाको सिर्जनाका बारेमा, निजहरूको व्यक्तिगत जीवन तथा मनोभावका बारेमा छापाका माध्यमबाट केही पुण्य काम गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ कामना मासिक प्रकाशन गर्न लागेको कुरा मसँग गर्नुभएको थियो। यी भावना पुष्करजीबाट मसँगको पहलो भेटमा आएका हुन्। यस्ता अभिव्यक्ति र विचारधारा सुनेपछि को प्रभावित नहोला र उहाँसँग रु म पनि भएँ। कलाकारको मानमर्यादा र सम्मानका लागि सदैव वकालत गर्ने व्यक्ति थिए पुष्करलाल श्रेष्ठ। कुनै कलाकारलाई आफ्ना केही कुरा भन्न परे, केही गुनासो गर्नु परे पोख्ने माध्यम बनेका थिए पुष्करलाल।

प्रस्ट उद्देश्य र दृष्टिकोणका साथ शुरू भएको कामनाले आफ्नो ३५ वर्ष सफलतापूर्वक पार गरिसकेको छ। उहाँले यसै पत्रिकाको नाममा नै आफ्नो प्रकाशन गृहको नाम राख्नुभयो। कामना प्रकाशन समूहपछि उहाँले आफ्नो पत्रकारिताको फाँटलाई अझ विविधकरण गर्दै दैनिक पत्रिका नेपाल समाचारपत्र पनि प्रकाशन गर्नुभयो। जसलाई सबैले खोजी–खोजी पढ्छन्।

पुष्करलालजी एक कर्तव्यनिष्ठ, निडर र प्रतिवद्व पत्रकार हुनुहुन्थ्यो भन्ने कुरामा कुनै द्विविधा छैन। बेला बखतमा नेपाल समाचारपत्रमा प्रकाशित हुने उहाँका लेखहरू पढ्दा उहाँप्रति श्रद्धाको भाव अझ बढेर आउँथ्यो। कुशलता र निडरतापूर्वक आउने उहाँको लेख राजनैतिक विकृतिविरुद्ध, सामाजिक कूरीतिविरुद्ध र आफ्नै पेसा पत्रकारिताका विकृतिविरुद्व लक्षित हुने गर्दथे। राष्ट्र र राष्ट्रियताप्रति अगाध मायाको भाव राख्ने व्यक्ति हुनुहुन्थ्यो।

कुनै लोभ लालच नभएका स्पष्ट दृष्टिकोण र विचार भएका पुष्करलालले नेपालमा व्यावसायिक पत्रकारिताको थालनी गरे। र यसलाई पैmलाउउने काममा दृढ रहे। यसैकारण उनलाई नेपालका व्यावसायिक पत्रकारको पत्रकारिता क्षेत्रका अग्रज शिल्पकारका रूपमा पनि सबैले मान्ने गर्दछन्। उनी जस्तोसुकै प्रतिकूल र असहज परिस्थितिमा पनि पत्रकारिताको मर्म, धर्म र कर्तव्यप्रति इमानदारितापूर्वक डटिरहे।

मानिसले जब कुनै काम मनैदेखि नै गर्छ, तब मात्र सफलता प्राप्त गर्दछ। मनसा बाचा कर्मणा समर्पित भएर गरिएको कामले नै उद्देश्य प्राप्त गर्न सकिन्छ। उनले भन्ने गर्थे मैले पनि आफ्नो कर्तव्यप्रतिको इमानदारिता छोडेको भए म भौतिकरूपले त सम्पन्न हुन्थें तर मानसिकरूपमा रुग्ण हुने थिएँ।

पुष्करलाल श्रेष्ठ स्वदेशमा मात्र नभई विदेशमा समेत चिनिएका पत्रकार थिए। कुनै पनि समस्या आइपरेमा नआत्तिइकन निधान गर्ने उनको स्वभाव थियो। मेरो मनमा कुनै विषयमा केही कौतुहलता उत्पन्न भयो भने म पुष्करजीलाई फोन गर्थें र लामो समय हामी फोन वार्तामा व्यस्त हुन्थ्यौं। त्यसैगरी उहाँको मनमा केही कौतुहलता भए, पीडा भए वा चिन्ता भए प्रायः मसँग कुरा गर्नुहुन्थ्यो र कुरा गर्र्दै जाँदा मन हलुका भएको महसुस गर्नुहुन्थ्यो। हाम्रँे गजबको सुमधुर सम्बन्ध थियो।

धेरै नबोल्ने तर ज्ञान सबैतिरको राख्ने व्यक्ति थिए उनी। मलाई उनको त्यो स्वभाव असाध्यै मन पथ्र्यो। कम बोल्ने र सरल स्वभाका हुँदाहुँदै पनि उनमा हँसाउने क्षमता पनि थियो। साथीभाइहरूको भेटघाटमा गफिरहँदा बीचमा ट्वाक्क केही बोलेर सबैलाई हँसाउन सक्ने विशेषता उहाँसँग संगत गरेका साथीभाइलाई थाहा भएको हुनुपर्छ, मलाई त छ। यस्ता सहयोगी र सहृदयी व्यक्ति आज हामीमाझ नहुँदा सबैको मन दुख्नु त स्वभाविकै हो।

यो लेखमार्फत पुष्करजीप्रति मेरा भाव व्यक्त गर्दै गर्दा मलाई उहाँका पिताजी स्व। भरतलाल श्रेष्ठको पनि सम्झना आयो। वि।सं। २०४३ मा उहाँ लायन्स क्लब विशाल बजारको अध्यक्ष हुँदा नेपाली चलचित्र पुरस्कारको आयोजना गरिएको थियो। त्यो कार्यक्रम अत्यन्त सफल भएको थियो।

त्यसपछि उक्त कार्यले निरन्तरता पाएको थिएन। पछि भरतलालजीकै छोरा पुष्करलालजीले बुबाले थालनी गरेको उक्त कार्यलाई पुनः निरन्तरता दिने निधो गर्नुभयो र कार्यान्वयनका लागि योजना तयार गर्न लाग्नुभयो। मैले थाहा पाएसम्म एक दिन पुष्करजी र उहाँका बालसखा उद्योगपति, समाजसेवी एवं कवि वसन्त चौधरीजीसँग भेटघाट भयो र उहाँहरू दुवैको छलफल र सकारात्मक सोचका कारण उक्त चलचित्र पुरस्कार कार्यलाई निरन्तरता दिने निर्णय भयो।

सीजी इन्टरटेन्मेन्ट र कामनाको संयुक्त आयोजनामा सीजी कामना फिल्म अवाडसर्् कार्यक्रमले विसं २०७१ देखि हालसम्म निरन्तरता पाइरहेको छ। २०७१ देखि २०७५ सम्म आइपुग्दा अवार्ड कार्यक्रमका ४ शृंखला पूरा भइसकेका छन् म यस कार्यमा जुरी समितिको संयोजकको हैसियतले समावेश भइरहेको छु। चलचित्र क्षेत्रका ज्ञानी व्यक्तित्वहरू सम्मिलित उक्त  समितिमा रहँदा मैले कुनै प्रकारको हस्तक्षेपको सामना गर्न परेन। दुवै संस्था र अध्यक्षहरूबाट सधंै रचनात्मक साथ र सहयोग पाइरहेँ, जसबाट म र मेरा साथीहरू प्रभावित छांै।

निर्णायक समितिलाई आफ्नो कार्य शुरू गर्नुपूर्व कामनाका अध्यक्ष पुष्करजीले स्वागत गर्नुहुन्थ्यो र निर्णय गर्ने कार्यको अन्मिम दिन धन्यवादको कार्यक्रम राख्नुहुन्थ्यो। बस त्यति मात्रै। अरू बेला समितिले निर्वाधरूपमा दत्तचित्तले आफ्नो काम गथ्र्यो। न कसैमा कुनै स्वार्थ, न अहम्। ध्येय एउटै थियो निष्पक्षरूपले सफलतापूर्वक सीजी कामना फिल्म अवार्डस् कार्यक्रम सम्पन्न गर्ने।

अन्त्यमा स्व। पुष्करलाल श्रेष्ठ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र समृद्धिको पक्षमा एवं राजनैतिक, आर्थिक, सामाजिकलगायत कुनै पनि प्रकारका विकृति र विसंगतिका विरुद्ध कलम चलाउने दृढ एवं साहसी पत्रकार हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको छ। म उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

प्रतिक्रिया दिनुहोस्