आदेशको पर्खाई



खुला मञ्च । सबैको मञ्च । तर काठमाडौंको मध्य भेगमा रहेको खुला मञ्च सबैको साझा नभएर व्यक्तिको अधिनमा रहेको खवर छताछुल्ल भएको छ । व्यक्तिगत घर घडेरी सो सरह खुलमखुला खुलामञ्च माथि मोलमोलाई भइरहेको छ । अर्थात् खुलामञ्च माथि खुलेआम बलात्कार भइरहेको छ ।
त्यहाँ सटर बनाएर किनबेच हुँदा न सरकारले थाहा पायो, न त आफ्नो स्वामित्वको हो भन्दै आएको महानगरले चाल पायो । बार्षिक २ करोड भन्दा बढी सटर भाडा भटाभट उठ्ने गरेपनि महानगरले त्यहाँबाट एक सुको पनि कर नउठाएसी महानगर कति चिर निद्रामा रै’छ भन्ने कुरो जो कोहीले बुझ्न सक्ने कुरो हो ।
तर शनिवार महानगरले अचम्मै ग¥यो । खुलामञ्चमा भएका सटर माथि सरर स्काभेटर चलायो । अर्थात्, आफ्नो सम्पत्ति जोगाउने साहस ग¥यो । महानगरमा जनप्रतिनिधी आएपछिको सबैभन्दा ठूलो छलाङ हो क्यार । अब छिटै नगर पदाधिकारीले यसलाई महत्वर्पूण र ठूलो उपलब्धी भन्दै व्याख्या गरे भने अनौठो नमाने हुन्छ ।
सटर भत्काउन प्रधानमन्त्रीले नै ग्रीन सिग्नल दिएको कुरो एक कान दुइकान मैदान भा’छ । भनेसी केही काम गर्न गराउन, अवरुद्ध परियोजनाले गति लिन यो मुलुकाँ सबैतिर पीएमले नै आदेश दिनुपर्ने रै’छ । पीएमले अवरुद्ध मेचलम्चीबारेको आदेश चाहिँ कहिले दिने हुन् कुन्नी ?

प्रतिक्रिया दिनुहोस्