आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत पुग्ने प्रक्षेपण



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको प्रतिवदेनमा सो कुरा उल्लेख गरिएको हो। सरकारको लक्ष्य भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने रहेको छ। विगत तीन वर्षदेखि ६ प्रतिशतको हाराहारीमा रहेको आर्थिक वृद्धिदर यसपटक ६ दशमलव ८१ प्रतिशत रहने विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको थियो। त्यसअघिको आर्थिक वर्षमा ७ दशमलव ७४ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको स्थितिमा चालू आव २०७५÷७६ मा ६ दशमलव ८१ पुग्ने विभागको अनुमान छ। विभागका अनुसार प्रतिव्यक्ति आय चालू आवमा वार्षिक १ हजार ३४ डलर पुग्ने छ।साथै कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिट्यान्सको सहयोग अनुपात २६ प्रतिशत रहने अनुमान गरेको छ। जीडीपीमा ३ नम्बर प्रदेशको योगदान सबैभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम रहेको विभागको तथ्यांकमा उल्लेख छ।

चालू आर्थिक वर्ष २०७५÷७६ को सातदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसत्ग सम्बन्धित आत्कडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) स्थिर मूल्य वृद्धिदर आधभारभूत मूल्यमा ६ दशमलव ८१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। सोही वृद्धिदर गत आर्थिक वर्ष २०७४÷७५ मा ६ दशमलव ३० प्रतिशत संशोधित अनुमान र आर्थिक वर्ष २०७३÷७४ मा ७ दशमलव ७४ प्रतिशत रहने विभागको अनुमान रहेको छ।

शुक्रबार विभागले आर्थिक वर्ष २०७५÷७६को राष्ट्रिय लेखा तथ्यांक सावर्जनिक गर्दै आगामी पात्च वर्षभित्र देशको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ। देशको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपियात् पुग्ने आत्कलन विभागको छ भने गत वर्ष ३० खर्ब ३१ अर्ब रुपियात् रहेको थियो। त्यस्तै विभागले अर्थतन्त्रको आकार आधार मूल्यमा २९ खर्ब २१ अर्ब रुपियात् हुने अनुमान गरेको छ। चालू वर्षमा कृषि क्षेत्रमा ५ दशमलव शून्य ३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७ दशमलव ४८ प्रतिशत रहने विभागको अनुमान छ।

देशभर ९ लाख विरोजगार

केन्द्रीय तथ्यांक विभागले देशभर ९ लाख बेरोजगार रहेको जनाएको छ। नेपालमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख बेरोजगार भएको रहेको विभागको भनाइ छ। १८ हजार घर परिवारमा गरेको सर्वेक्षणबाट कुल श्रम गर्ने उमेर समूहमा ८० लाख नागरिकमध्ये ९ लाख बेरोजगार रहेको विभागको भनाइ छ। ८० लाखमध्ये करिब ७१ लाख जना रोजगारी रहेको विभागको सर्वेक्षणले देखाएको जनाएको छ।

यो तथ्यांकले ९ लाख अर्थात ११ दशमलव ४४ प्रतिशत बेरोजगार छन्।जसमध्ये सबैभन्दा धेरै प्रदेश २ मा बेरोजगार रहेका छन् भने सबैभन्दा कम प्रदेश ३ मा बेरोजगार रहेका छन्। तथ्यांकअनुसार प्रदेश १ मा १० दशमलव २ प्रतिशत रहेका छन्। प्रदेश २ मा २० दशमलव १ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत बेरोजगार रहेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ९ प्रतिशत, प्रदेश ५ मा ११ दशमलव २ प्रतिशत, कर्णाली प्रदेशमा ९ दशमलव ७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत बेरोजगार रहेको विभागको तथ्यांकमा उल्लेख छ।

विभागले चालू आर्थिक वर्षमा गरी तेस्रोपटक श्रम शक्ति सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेका हो। यसअघि विभागल पहिलोपटक सन् १९९६ र दोस्रोपटक सन् २००८ मा सर्वेक्षण गरेको थियो। त्यस्तै नेपालमा काम गरेर खाने नेपालीको जनसंख्या ३४ दशमलव २ प्रतिशत रहेको तथ्यांकमा देखाएको छ। नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या दुई करोड सात लाख ४४ हजार रहेको छ। त्यसमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेका छन्। ४४ लाख ८६ हजार पुरुष र २६ लाख ४० हजार महिला रहेको छन्। रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ। रोजगारीमा रहेका पुरुषमध्ये शहरमा ६८ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत रहेका छन्।

त्यसै गरी रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन्। नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्ये नौ लाख आठ हजार जनसंख्या बेरोजगार छ जसमध्ये पात्च लाख ११ हजार पुरुष छन् भने तीन लाख ९७ हजार महिला छन्। बेरोजगारमध्ये बसोबासको आधारमा छ लाख ४४ हजार शहरी क्षेत्रमा रहेका छन् भने दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा रहेका छन् १५ वर्ष वा सोभन्दा बढी उमेरका वा काम गर्ने उमेर समूहका २ करोड सात लाख ४४ हजार जनसंख्यामध्ये श्रमशक्तिमा ७९ लाख ९४ हजार मात्र रहेको विभागको तथ्यांकमा छ।

सन् २०१७÷१८ मा नेपालको श्रमशक्तिमा सहभागिता दर ३८ दशमलव ५ प्रतिशत रहेको छ। यो दर शहरमा ४१ दशमलव ७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२ दशमलव ९ प्रतिशत रहेको छ। यसैगरी पुरुष र महिलाको श्रमशक्तिमा सहभागिता दर क्रमशः ५३ दशमलव ८ प्रतिशत र २६ दशमलव ३ प्रतिशत रहेको छ। रोजगारमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी ४३ दशमलव ८ प्रतिशत प्रदेश नं. ३ मा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलव१ प्रतिशत रहेको छ। रोजगारमा रहेका र तलब÷ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी १७ हजमर ८०९ रुपियात् रहेकोमा पुरुषको औसत मासिक आम्दानी १९ हजार ४६४ रुपियात् र महिलाको औसत मासिक आम्दानी १३ हजार ६३० रुपियात् रहेको छ।

महिलाले पुरुषको तुलनामा औसत मासिक ५ हजार ८३४ (३० प्रतिशत) कम कमाउत्छन्। प्रामाणिक औद्योगिक वर्गीकरण अनुसार रोजगारीको वितरण हेर्दा सबैभन्दा बढी व्यक्तिहरू संलग्न ५ वटा क्षेत्रहरूमा कृषि, वन र माछापालनस थोक तथा खुद्रा बिक्री, मोटर गाडी तथा मोटरसाइकलको मर्मत सम्भार उद्योग, निर्माण र शिक्षामा क्रमश ः २१ दशमलव ५, १७ दशमलव ५, १५ दशमलव १, १३ दशमलव ८ र ७ दशमलव ९ प्रतिशत रहेको छ।

प्रामाणिक पेशाको वर्गीकरणअनुसार रोजगारीलाई हेर्दा सबैभन्दा बढी ३ वटा पेशा समूहहरूमा सेवा तथा बिक्री प्रारम्भिक आधारभूत सेवा र हस्तकला (यन्त्र) र त्यससत्ग सम्बन्धित व्यापार गर्ने काममा क्रमशः २३ दशमलव ८, २० दशमलव ३ र १९ दशमलव ६ प्रतिशत रहेको छ। सबैभन्दा कम उच्च तहका प्रबन्धकहरूको पेशामा १ दशमलव २ प्रतिशत मात्र रोजगारी रहेको छ। प्रबन्धकहरूमध्ये पुरुष ८६ दशमलव ८ प्रतिशत र महिला १३ दशमलव २ प्रतिशत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्