नेपाल–चीनबीच व्यापार सहजीकरणमा जोड



नेपाल समाचारपत्र
काठमाडौं
चीन भ्रमणमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चीनको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष लुपेङक्वीसत्ग दुई मुलुकबीच लगानी एवम् उद्योग प्रवद्र्धनका बारेमा छलफल गर्नुभएको छ। चीनको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका उपाध्यक्ष लुपेङक्वीले नेपालमा पर्यटन प्रवद्र्धन एवं कनेक्टीभीटीको लागि बुद्धिष्ट सर्किट विशेषगरी लुम्बिनी क्षेत्रको विकास अवधारणा साकार पार्न आफू र आफ्नो संस्था तयार रहेकाले हरसम्भव कोसिस गर्ने बताउनुभयो।

नेपाल–चीन दुई छिमेकी मुलुक भए पनि नेपालले उल्लेख्य मात्रामा चीनमा निकासी अभिवृद्धि गर्न नसकेको सन्दर्भमा र चीनले दिएको भन्सार छुटको सूचीमा समेत पुनरावलोकन गरी व्यवहारिक बनाउनेमा जोड दिने बताउनुभयो। उहात्ले दुई मुलुकबीच व्यापार सहजीकरणको लागि आफू र आफ्नो संस्था नेपाल–चीन व्यापार फोरमको माध्यमबाट सहजीकरण गर्ने र कनेक्टीभिटीको बारेमा समेत नेपालको उचित भनाइ सम्बोधन भई यसबाट नेपालले पूर्वाधारको क्षेत्रमा फाइदा लिने दृढता व्यक्त गर्नुभयो।

भेटको अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले हालै सम्पन्न नेपाल लगानी सम्मेलन, २०१९ र त्यसपूर्व चीनमा भएको पूर्व लगानी सम्मेलनमा सीसीपीआईटीले निभाएको महत्वपूर्ण एवं उल्लेखनीय भूमिकाको सह्राना गर्दै आगामी दिनमा नेपालमा चीनको लगानी वृद्धि हुने आशा व्यक्त गर्नुभयो। लगानी र उद्योगसत्ग सम्बन्धित विदेशी लगानी ऐन, औद्योगिक व्यवसाय ऐनलगायत अन्य समसामयिक ऐनमा समय सापेक्ष परिवर्तन भई नेपाल लगानीको लागि उपयुक्त देश भएको सन्देश प्रवाह गर्नुभयो।

दुई मुलुकबीच व्यापार अभिवृद्धि गर्न गैरभन्सार अवरोध हटाउने लगायत मेला÷प्रदर्शनीको आयोजना जस्ता प्रवद्र्धनात्मक कार्य दुवै मुलुकमा बढीभन्दा बढी हुनुपर्ने र यसमा परिसंघ र सीसीपीआईटीबीच बढी सहकार्य हुनुपर्ने अध्यक्ष मोरले जोड दिनुभयो। अध्यक्ष मोरले चीन भ्रमणको क्रममा सान्सी प्रान्तको समेत भ्रमण गरी द्विपक्षीय आर्थिक एवं व्यापारिक विषयमा उक्त प्रान्तका गभर्नरसत्ग भेट गरी छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्