अन्तर प्रदेश परिषद् बैठक शुरुः २ नम्बर प्रदेशका मुख्यमन्त्री अनुपस्थित, बजेट र योजनाको विषयमा छलफल हुने



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं ।
अन्तर प्रदेश परिषदको बैठक काठमाडौंमा शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भने बैठकमा सहभागी छैनन् । उनी कार्य व्यस्थताका कारणले उपस्थित हुन नसकेको बताइएको छ ।
बजेट र योजना भन्नका निम्ति अन्तर प्रदेश परिषद्को बैठक बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६–७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्