श्रीलंकाको श्रंखलावद्ध आक्रमणका प्रमुख योजनाकारको पहिचान



कोलम्वो,(एजेन्सी)
श्रीलंकाको समुदि« तटिय शहर काक्तनकुदीमा एकजना दुई सन्तानकी आमा हालै भएका श्रंखलावद्ध आक्रमणसंग सम्बन्धित एउटा खवर सुनेर स्तब्ध भएकीछिन् । मोहमद हासिम मादानियाले भर्खरै मात्र आफ्नो दाई जाहरान हासिम इस्टर सन्डेको दिन ३ सय ५० जना भन्दा बढि व्यक्तको ज्यान जानेगरी चर्च र होटेलहरुमा लक्षित आत्मघाती बम आक्रमणको मुख्य योजनाकार भएको थाहा पाएकी हुन् ।

उनी आफ्नो दाईको कार्य देखेर निकै सन्त्रसित भएके तथा अब फेरी के हुने हो भन्ने चिन्ता लागेको बताएकीछिन् । ति महिलासंग प्रहरीले व्यापक सोधपुछ गरे तापनि उनलाई आशंकित व्यक्तिको रुपमा व्यवहार नगरिएको बताइएको छ । तर अझै सम्म बक आक्रममण गर्ने समूहको नेतृत्व गरेको बताइएका हासिम मरिसके वा जिउँदै छन् भन्ने स्पष्ट हुन सकेको छैन ।

मुश्लिम बाहुल्य काक्तनकुन्दि शहरको हिन्द महासाग पछि फर्किएको घरमा सेतो बुर्का लगाएर बसिरहेकी उनी आफ्नो दाईको कुकृत्य सुनेर निकै दुखित भएको देखिन्छिन् । पाँचजना सन्तान मध्ये उनी कान्छी हुन् भने सबैभन्दा जेठो हासिमको उमेर चासिलस रहेको छ ।

उनले सन् २०१७ देखि आफ्नो हासिमसंग कुनै सम्पर्क नै नरहेको बताएकी छिन् । सैद्धान्तिक रुपमा विरोधि मुश्लिम समुदायहरुबिच भएके हिंसात्मक भिडन्तको दौरान प्रहरीले पक्राउ गर्न खोज्दा हासिम भुमिगत भएका थिए ।
आइतवारको आक्रमणपछि बाहिर आएको एउटा भिडियोमा शाहरान हासिम बताइएका एक व्यक्ति इस्लामिक स्टेट ( आइएस ) समूहका नाइके अवु बाकर अल – बागदादीसंग बसिरहेको देखिन्छन् । आइएसले यि विस्फोटनका घटनाका लागि औपचारिक रुपमा जिम्मेवारी लिएको थियो । तर भिडियोमा रहेका आठजना पुरुष मध्ये हासिमको अनुहार मात्र स्पष्ट देखिन्छ ।

श्रीलंकाली प्रहरीले एकजना महिला लगायत नौजना आक्रमणकारी रहेको दावी गरेको थियो । अघिल्लो दिन प्रहरीले आक्रमणमा संलग्नहरु सुशिक्षित र सम्पन्न परिवारका सदस्य रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्