जोय बाईडेनद्वारा राष्ट्रपति चुनावमा उम्मेदवारी घोषणा



वासिङटन (एजेन्सी)
अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा पुर्व उपराष्ट्रपति जोय वाइडेनले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुने घोषणा गरेको छ । डेमोक्र्याटीक पार्टीबाट राष्ट्रपति उम्मदवारका लागि २० आकांक्षी मैदानमा छन् ।

२०२० को राष्टपति चुनावमा बर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कयौं डेमोक्र्याट नेताले उम्मेदवारीको घोषणा गरिसकेका छन् । जो बाइडेनले यसअघि पनि दुई पटक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारीको इच्छा ब्यक्त गरिसके ।

अमेरकी राष्टपतिको चुनाव अर्को बर्ष नोभेम्बरमा हुनेछ । यद्यपी एक बर्ष अगाडी नै कयौं नेता चुनाव लड्न आफनो दावेदारी पेश गरिरहेका छन् । यसमा सबैभन्दा ताजा नाम पुर्व उपराष्ट्रपति बाइडेनको हो ।
यस अघि बर्नी सेन्डर्स र कमला ह्यारिस जस्ता चर्चित हस्तीहरुले पनि राष्ट्रपति चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

बाइडेनले यसअघि सन् १९८८ र सन् २००८ मा डेमोक्र्याट पार्टीबाट राष्ट्रपति चुनाव लड्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबै पटक उनलाई आफनो कदम फिर्ता गर्नु परेको थियो । सन् १९८८ मा उनीमाथि अर्कोको भाषण चोरी गरेको आरोप लागेको थियो भने सन् २००८ मा उने बाराक ओबामा समक्ष हारको सामना गर्नु परेको थियो । यद्यपी ओबामा प्रशासनमा उनी अमेरिकाका उपराष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्