ओमको मेरो बचत खातामा मेट्रो स्मार्ट कार्ड सित्तैमा



काठमाडौं, (नेस)
ओम डेभलपमेन्ट बैंकले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ अन्तर्गत बैंकले बैंक खाता नभएका ग्राहकले खोलेको खातामा बैंकको तर्फबाट सय रुपिया“ जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिकाभित्र खाता खोल्ने ग्राहकलाई महानगरपालिकाभित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्डसमेत निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले खातामा निःशुल्क चेक बुक, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क बैंक स्टेटमेन्ट, निःशुल्क आश्बा सेवा तथा कर्जामा पनि सहुलियत प्रदान गर्ने जनाएको छ ।बैंकले केही दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस व्यवसायी समिति र एन क्लाउड प्रालिसं“ग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसमा स्मार्ट कार्ड राख्ने विषयमा चारपक्षीय सम्झौता गरेको थियो । सम्झौताअन्तर्गत बैंकले बसमा प्वाइट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकलाई निःशुल्क स्मार्ट कार्ड वितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्