आज पनि मेघगर्जन सहित वर्षा हुने



काठमाडौं । शुक्रबार देशका पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

त्यसैगरी रातिको समयमा देशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक/दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्