रामकृष्णको सांगीतिक विश्वास



अस्ट्रेलियालाई कर्मभूमि बनाउ“दै आएका गायक डा. रामकृष्ण निरौलाको विश्वास बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

डा. भोला रिजालको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ। पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्धविच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको भिडियो रिलिज गरिएको हो।

अस्ट्रेलियाको विभिन्न रमणीयस्थलमा विदुर केसी र निज्मा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैंले निर्देशन गरेका हुन् भने गंगा निरौलाको लगानीमा तयार पारिएको हो। गीतको भिडियोमा विदुर क्षेत्री र निज्मा केसीले क्यामेरा चलाएका छन् भने सम्पादन निज्मा केसीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्