क्यालेन्डरमा पूर्वाञ्चल सुन्दरी



मिस पूर्वाञ्चल–२०१८ का विजेताहरूको फोटोसुट गरी २०७६ को क्यालेन्डर सोमबार धरानमा सार्वजनिक गरिएको छ।
धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा आयोजित कार्यक्रममा नायिका तथा मोडल मरिष्का पोखरेल, डिभाइन वाइनका नेसनल म्यानेजर बबिन अधिकारी, ब्रान्ड म्यानेजर सञ्जु शाक्य, फेसन डिजाइनर उत्तम बनेपाली, मिस पूर्वाञ्चल–२०१८ की फस्ट रनर्सअप अनिला क्षेत्री, सेकेन्ड रनर्सअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इन्डस्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, पत्रकार किशोरकुमार कार्की, मदिरा व्यवसायी संघ धरानका अध्यक्ष नवीन तामाङले एकसाथ लोकार्पण गरे।

सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेन्डर प्रकाशित गरि“दै आएको छ। क्यालेन्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनर्सअप अनिला क्षेत्री, सेकेन्ड रनर्सअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको ग्लामरस तस्वीरहरू धरानको विभिन्न ठाउ“मा सुट गरिएको छ। मुन्धुम बुटिक र चेरी फेसनको डे«स, सुजन राई र तरुना राईको मेकअप तथा दावागुञ्जन कलेक्सनको गहनामा सजिएका मोडलहरूको इक्सा मादेनको संयोजनमा फोटोसुट फोटोग्राफर पवन जोशी र विवेक फोटोग्राफीले गरेको थियो। क्यालेन्डरमा वार्षिक विदा तथा विभिन्न पर्व पनि समेटिएका छन्। क्यालेन्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्