आज बिहानै प्रहरी इन्काउन्टर, २ जना मारिए !



काठमाडौं । प्रहरी इन्काउन्टरमा आज बिहानै दुई जनाको ज्यान गएको छ । भारतको दक्षिण कश्मीरको अन्तनाग जिल्लाको बिजबेहरामा आज बिहान सुरक्षाबलको कारबाहीमा दुई जना आतंकवादीले ज्यान गुमाएका हुन् ।

यहाँको बागेंदर भवन क्षेत्रमा आतंकवादी लुकेर बसेको हुनसक्ने विशेष सुचानको आधारमा सुरक्षाकर्मीले खोजीकार्यलाई तिव्र बनाएका थिए । खोज्दै जाने क्रममा उनीहरु आम निर्वाचनलाई असफल पार्ने उदेश्यका साथ हातहतियार सहित फेला परेको भारतीय पक्षले जनाएको छ ।

उनीहरुलाई कारबाही गर्न खोज्दा गोली चलाएपछि जवाफमा सेनाले पनि आक्रमण गरेको जनाएको छ । जम्मु–कश्मीरको यस यो यो वर्ष कम्तीमा ६९ जना आतंकवादी मारिएका छन् ।

त्यस्तै, १२ जना पक्राउ परेका छन, तपाईलाई जानकारी गराउ केही महिना पहिले पुलवामा भएको आतंकवादी आक्रमणमा कम्तीमा पनि ४६ जना भारतीय जवान शहीद भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्