दक्षिण एसियामा आईएसको नयाँ त्रास



काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृंखलाबद्ध आक्रमणको जिम्मेवारी आतंकवादी गतिविधिमा संलग्न इस्लामिक स्टेट (आईएस) ले लिएको बताएपछि दक्षिण एसियामा आतंकवादी हमलाको त्रास फैलिएको छ ।

मंगलबार आईएसको समाचार संस्था अमाकले आक्रमणको जिम्मेवारी लिएको भनिएको छ । यसअघि आक्रमणमा स्थानीय इस्लामी आतंकवादी संगठन नेशनल तौहिद जमात संलग्न भएको आशंका गरिएको थियो ।

आक्रमणमा संलग्न लडाकु अबुल बार्रा, अबुल मुख्तार र अबु उबएदा भएको बताइएको छ । उनीहरू आईएसको कालो रंगको झण्डा अगाडि उभिएका छन् । गत महिना न्यूजिल्यान्डको क्राइस्ट चर्र्चिस्थत मस्जिदमाथि भएको आक्रमणको बदला भएको श्रीलंकाका रक्षा राज्यमन्त्रीले बताएका छन् । न्यूजिल्यान्डस्थित दुईवटा मस्जिदमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।
श्रीलंका आक्रमणपछि दक्षिण एसियामा आतंकवादीको नयाँ त्रास फैलिएको छ । अफगानिस्तान र पाकिस्तानमा रहेका मुस्लिक लडाकुहरुबाट बेलाबेलामा यो क्षेत्रमा हमला भइरहेको छ । मूलतः भारत र पाकिस्तान आतंकवादी हमलाबाट आक्रान्त मुलुक भएकामा अब दक्षिण एसियाका अन्य मुलुक पनि यसमा गाँजिएका छन् ।

आतंकवादी संगठन अलकायदाका नाइके ओसामा विन लादेन मारिएपछि यसको शक्ति कमजोर हुँदै गइरहेका बेला उदाएको आईएस अहिले विश्वव्यापी आतंक फैलाउने अभियानमा लागिरहेको छ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्य रहेको श्रीलंका चर्चमा आईएसको हमला पुनः हुने सम्भाबना रहेकोले यो क्षेत्रको सुरक्षा कडा चुनौति बनेको हो । दक्षिण एसियाली मुलुकहरुले आतंकवादबाट बच्न सामूहिक पहल चाल्नु अत्यावश्यक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्