काठमाडौंमा मोटरसाइकलबाटै महिलाको घाँटीको ४ तोला सुनको सिक्री लुटियो



काठमाडौं। काठमाण्डौ महानगरपालिका–१३, ताहाचल बस्ने ७४ वर्षीया ज्ञानु केसीको बुधबार झण्डै ४ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।

डल्लुमार्गमा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिहरुले सिक्री लुटपाट गरी फरार भएका हुन् । उनीहरुले चढेको मोटरसाइकलको नम्बर पनि खुलिसकेको छैन ।

लुटपाट भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्