लागुऔषधसहित काठमाडौँबाट ३ जना पक्राउ



काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका– २ नागढुंगाबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का मीनबहादुर बोगटीलाई लागुऔषधसहित प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ८९४६ नंको बसमा जाँच गर्ने क्रममा बसमा खैरो हेरोइनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । सो घटनाका विषयमा अनुसन्धान भइरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट नियन्त्रित लागुऔषधसहित प्रहरीले महोत्तरीका विशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ९ का २३ वर्षीय राम कार्कीलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नाइट्राभेट एक हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्