फेरी गयो भूकम्प, नौबिसे केन्द्रबिन्दु



काठमाडौं ।
धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए ।

प्रतिक्रिया दिनुहोस्