अनु जुनियर ब्याटल



तोरन स्कुलका अनु भण्डारीले सातौं जुनियर ब्याटल–२०१९ को उपाधि जितेकी छिन्। मिडिया ल्यान्डद्वारा राजधानीमो राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उपाधि जितेबापत अनुले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

प्रतियोगितामा जुनियरतर्फ पाठशाला नेपालकी श्रेया थापा फस्ट र पाठशाला नेपालकै कुशल लामा सेकेन्ड रनर्सअप भए। सिनियरतर्फ एलआरआई स्कुलका आजन्म सापकोटा फस्ट र तोरन स्कुलकी आस्मा थापा सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगीता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुवेक्षा खड्का, धर्मेन्द्र सेवान र रोहित जोन क्षेत्री निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्