सनी देवल भाजपामा प्रवेश



बलिउड अभिनेता सनी देवलले फिल्मी करिअरपश्चात् राजनीतिमा करीअर शुरू गरेका छन्।

उनले भारतीय जनता पार्टीमा प्रवेश गरेका हुन्। केन्द्रीय रक्षामन्त्री निर्मला सीतारमण र रेलमन्त्री पियुष गोयलको उपस्थितिमा उनी भाजपामा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन््। पार्टी प्रवेशपश्चात् सनीले भाजपा कार्यलयमा पत्रकारहरूस“ग कुरा गर्दै भने– ‘जुन किसिमले मेरो बुबा अटलजीका साथ जोडिनुभएको थियो, आज म मोदीजीको साथ जोडिएको छु। म भाजपाका लागि आफूले सक्ने जस्तो काम पनि गर्न सक्छु।’

भाजपा प्रवेशस“गै सनीलाई गुरदासपुर सिटबाट टिकट दिने विषयमा छलफल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि सनीले पुणे विमानस्थलमा भाजपा अध्यक्ष अमित शाहस“ग भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्