कीर्तिपुरकी रेश्मा मिस नर्स



कीर्तिपुरकी २२ वर्षीया रेश्मा प्रसाईं मिस नेपाल पिस २०१९ (मिस नर्स) भएकी छिन्। राजधानीमा अयोजित छैटौं संस्करणको प्रतियोगितामा ओम हेल्थ कलेज चाबहिलकी बीएससी नर्सिङ पास आउट विद्यार्थी प्रसाईंले उपाधि चुमेकी हुन्।

प्रमुख उपाधि जितेबापत ५० हजार रुपिया“ पुरस्कार पाएकी उनले ब्युटी विथ ब्रेनको उपाधिलाई पनि आफ्नो बनाएकी छिन्। सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा सम्पन्न प्रतियोगितामा रोशनी शाही मिस ट्यालेन्टसहित फस्ट र आकृति मानन्धर मिस फोटोजेनिकसहित सेकेन्ड रनर्सअप भए। दुवैले क्रमशः नगद ३० हजार र २० हजार रुपिया“ पुरस्कार पाएका छन्।

नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगितामा श्रेया श्रेष्ठ मिस पर्सनालिटी, आस्था हमाल मस्ट चार्मिङ, अदिति डिसी बेस्ट वाक, प्रीति सुनामा बेस्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मस्ट डिसिप्लिन, अनिता बस्नेत पब्लिक च्वाइस, नवीना महर्जन सोसियल्ली रेस्पोन्सिबल र सरगम गुरुङ मस्ट पपुलर भए। रोजिन शाक्यको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्वमिस नेपाल अश्मी श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष केसी शो स्टपर रहेका थिए।

एभरेस्ट क्र्युले आकर्षक नृत्य प्रस्तुत गरेको प्रतियोगितामा चिकित्सकद्वय सन्ध्या चापागाईं र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोसिश क्षेत्री र स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीईओ तेयन शर्मा निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्