विल्सनको सेवारो नमस्ते



लिम्बु भाषाका गीत गाउ“दै आएका गायक ब्रबिम शेर्मा लिम्बुले यसपटक नेपाली गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन्।
सेवारो नमस्ते बोलको गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत रहेको गीत फणिन्द्र राईले संगीत संयोजन गरेका छन्।

साढे ११ मिनेट लामो गीतको म्युजिक भिडियो लोकप्रिय हास्य अभिनेता विल्सन विक्रम राईले निर्देशन गरेका छन्। भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिसा राईस“ग अभिनय गरेका छन्। भिडियोमा विल्सन र एलिसास“गै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन्। भिडियोमा बसेलकै कोरियोग्राफी छ। नवराज उप्रेतीको छायांकन रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका छन्। गायक ब्रबिम शेर्मा लिम्बुले लिम्बु आधा दर्जनभन्दा बढी लिम्बु गीतको एल्बम बजारमा ल्याएका छन्। उनले ३ दर्जनभन्दा बढी नेपाली गीतसमेत रेकर्ड गराएका छन्।

प्रतिक्रिया दिनुहोस्