इस्लामिक स्टेटले श्रीलंकाको विस्फोटको जिम्म लियो



कोलम्वो,(एजेन्सी)
श्रीलंकामा आइतवार भएको श्र्रंखलावद्ध बम आक्रमणमा मारिएकाहरु स्मरणमा राष्ट्रिय शोक मनाउँदै मंगलवार पहिलो पटक सामुहिक अन्त्येष्टि कार्यक्रमको आयोजना गरिएको छ । चर्च र होटेलहरुमा लक्षित उक्त आक्रमणमा मारिने संख्या ३ सय २१ पुग्नुका साथै करिव ५ सय जना घाइते भएके प्रहरीले जनाएको छ । थप आक्रमणहरु हुन नदिने उद्देश्यले सरकारले संकटकाल स्थितीको घोषणा गरेको छ ।

इस्लामिक स्टेट (आइएस ) समुहले मंगलवार आफ्नो न्युज आउटलेट मार्फत आक्रमणको जिम्मेवारी लिएको छ । श्रीलंकाली सरकारले स्थानिय कटरपन्थि इस्लामिक समुह नेसनल थोहिद जमाथ ( एनटिजे ) माथि ति विस्फोटको दोषारोपण गरेको थियो । श्रीलंका स्थित विविसिका संवादाताले आइएसको यस स्विकारोक्तिलाई गम्भीर ढंगले लिइनु पर्ने बताएका छन् ।

सामुहिक अन्त्येष्टि, राष्ट्रिय शोक ्र

यस समुहले विगतमा जस्तै यो आक्रमण पनि आफैंले गराएका दावी गरे तापनि कुन ैप्रमाण् भन पेश गरेको छैन । प्रहरीले अहिलेसम्म यस घटनाको अनुसन्धानको सिलसिलामा करिव चालिसजना आशंकित व्यक्तिलाई हिरासतमा लिइसकेको छ । प्रहरी प्रवक्ताले पक्राउ पर्ने मध्ये एकजना सिरियाली नाष्रिक पनि रहेको जनाएका छन् । आक्रमणको शिकार हुने चर्चहरु मध्ये एक राजधानी कोलम्वोको उत्तर भागमा अवस्थित नेगोम्वोको सेन्ट सेवासियन्स चर्चमा करिव ३० जना मृतकको सामुहिक अन्त्येष्टि गरिएको छ ।

मंगलवार राति नै अर्को सामुहिक अन्त्येष्टिको आयोजना गरिने कार्यक्रम रहेको छ । सन् २००९ मा तत्कालिन राष्ट्रपति महिन्दा राजपाक्षेको निर्देशन र नेतृत्वमा सरकारी फौजल ेबल प्रयोग गरी वर्षौं लामो तमिल पृथ्कतावादी आन्दोलन दवाए यता भएको यो सबैभन्दा ठूलो हिँसात्मक अक्रमण हो ।
यसैबिच यस विष्फोटमा मारिने कूल मानिस मध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मंगलबार जनाएको छ ।

राष्ट्रसंघियय बालबालिका कोष ( यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जजेनेभामा पत्रकारहरु माझ सो तथ्यांक सार्वजनिक गरेका हुन् ।
यूनिसेफले श्रीलंकाको नेगोम्बोस्थित सेन्ट सेवेस्टन चर्चमा प्रार्थनाका लागि पुगेका २७ जना बालबालिकाकोे मृत्यु भएको र अन्य १० जना घाइते भएको उल्लेख गरेको छ । देशका अन्य भागमा सोही दिन भएका विष्फोट, आक्रमण र भागदौडका क्रममा थप १८ जना बालबालिकाको मृत्यु भएको यूनिसेफले पुष्टि गरेको छ ।

पूर्वी शहर बाट्टिकालोआमा डेड बर्षे एक शिशुसहित १३ बालबालिकाले ज्यान गुमाएका पनि यूनिसेफको प्रतिवेदनमा उल्लेख गरिएको छ । मारिने मध्ये ४० जना बालबालिका स्वदेशी तथा बाँकी ५ जना विदेशी रहेको पनि बताइएको छ ।

यस आक्रमणमा अझै दर्जनौ बालबालिकाको गम्भीर घाइते अवस्थामा राजधानी कोलम्बोमा उपचार भैरहेको र तिनीहरुमध्ये चार जनालाई विभिन्न अस्पतालका सघन उपचार कक्षमा राखी उपचार भैरहेकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्